युरोपका गन्तव्यमा सिधा उडान गर्ने तयारी


–सिबी अधिकारी युरोपेली मुलुकसँग द्विपक्षीय हवाई सञ्जाल विस्तार गर्ने उद्देश्यका साथ नेपालले युरोपका विभिन्न गन्तव्यमा सिधा उडान भर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको छ । युरोपेली मुलुक फिनल्याण्डसँग प्रारम्भिक हवाई सेवा सम्झौताको तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । फिनल्याण्ड आफैँले नेपालसँग हवाई सम्झौताका लागि चासो देखाएको छ । त्यहाँको राष्ट्रिय ध्वजावाहक तथा सबैभन्दा ठूलो वायुसेवा प्रदायक कम्पनी फिनिस एयरले नेपालमा सीधा हवाई उडान गर्ने इच्छा व्यक्त गरेको छ । काठमाडौँ– फिनल्याण्ड करीब साढे १० घण्टाको हवाई यात्रा तय गर्नुपर्ने हुन्छ । फिनल्याण्ड आफैँले नेपालसँग हवाई सेवा सम्झौताको प्रस्ताव राखेको पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार फिनल्याण्डका राजदूत स्वयंले फिनिस एयरका प्रतिनिधिलाई नेपाल बोलाएर व्यावसायिक उडानको प्रारम्भिक अध्ययन पनि गराइसकेको छ । “फिनल्याण्ड उडानबारे फिनल्याण्डका राजदूतसँग हाम्रो कुराकानी भएको छ, राजदूतको भनाइमा फिनिस एयरले नेपाल उडानबारे अध्ययन गरिसकेको छ । भारतको नयाँ दिल्लीसम्म आइरहेको उक्त एयरले नेपालमा सिधा उडान भर्ने योजना बनाएको रहेछ । हाम्रा लागि त यो खुशीको कुरा भयो, भ्रमण वर्ष मनाइरहेको सन्दर्भमा उडान सहकार्य उपयोगी हुन्छ”, सहसचिव आचार्यले भन्नुभयो । फिनल्याण्ड, स्विडेन, डेनमार्कलगायतमा मुलुकबाट धेरै पर्यटकलाई नेपाल भित्र्याउन सहज हुने बताइन्छ । सकेसम्म आगामी जुलाई महीनाभित्र हवाई सम्झौता गर्ने मन्त्रालयको तयारी छ । उक्त प्रस्तावबमोजिम मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगमलगायत निकायसँग राय सुझाव लिएर हवाई सेवा सम्झौताको प्रस्ताव मन्त्रिपरिषद्मा लगिनेछ । मन्त्रिपरिषद्को अनुमति पाएपछि सम्बन्धित मुलुकसँग सम्झौताका लागि औपचारिक प्रक्रिया अगाडि बढाइने मन्त्रालयको योजना छ । अहिले नेपाल र युरोपलाई जोड्ने एक मात्र टर्किस एयरलाइन्स रहेको छ । टर्की युरोप र एशियाको सिमानामा पर्ने भएकाले युरोपका धेरै पर्यटकलाई आकर्षण गर्न नसकेको सहसचिव आचार्य बताउनुहुन्छ । युरोपबाट नेपाल आउने पर्यटक तथा नेपालीले टर्की या खाडी मुलुकका विमानस्थलसम्म ‘ट्राञ्जिट फ्लाइट’ गरेर मात्र नेपाल आउनुपर्ने बाध्यता छ । फिनल्याण्डसँग हवाई सेवा सम्झौता भएपछि युरोपबाट ट्रान्जिटबिना नै नेपाल आउन सकिनेछ । फिनिस एयरले अहिले भारतको नयाँ दिल्लीसम्म सिधा उडान गर्छ । नेपालमा पर्यटक तथा युरोप जाने नेपाली विद्यार्थीलाई लक्षित गर्दै उक्त कम्पनी नेपाल आउन चाहिरहेको बताइएको छ । यस्तै सरकारले अहिले रुससँग पनि हवाई सम्झौताको तयारी गरिरहेको छ । रुसले नेपाल उडानका लागि चासो देखाएको छ । रुसमा यसअघि पनि सम्झौता भएर उडान भए पनि बीचमा रोकिएको थियो । यस्तै पर्यटकीय सम्भावना बोकेको इण्डोनेसियासँग पनि नेपालले हवाई सम्झौताको प्रयास थालेको छ । प्रारम्भिक छलफल गरिए पनि इण्डोनेसियाली पक्षले थप प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई