अन्तर नगरस्तरिय फुटसलको उपाधी चन्द्रागिरिलाई   


काठमाडौँ, २७ भदौ (रासस) ः
अन्तर नगरस्तरिय कर्मचारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता–२०७८ को उपाधी चन्द्रागिरि नगरपालिकाले हात पारेको छ । तारकेश्वर नगरपालिकाको आयोजनामा शनिबार तारकेश्वर –१० स्थित जि फोर फुटसल मैदानमा सम्पन्न फाइनल खेलमा चन्द्रागिरि प्रथम भएको हो ।

तारकेश्वर , चन्द्रागिरि, टोखा र कीर्तिपुर नगरपालिकाको सहभागीता रहेको उक्त प्रतियोगितामा चन्द्रागिरि , कीर्तिपुर र टोखा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । विजयी खेलाडीलाई प्रमाणपत्र वितरण गर्दै टोखा नगर प्रमुख प्रकाश अधिकारी र प्रशासकीय अधिकृत प्रकाश आचार्यले आपसी समन्वय कायम गरी काम गर्न खेलकूद प्रतियोगिताले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । तारकेश्वर नगर प्रमुख रामेश्वर बोहराले नगर क्षेत्रमा खेलकुद विकास र विस्तारका लागि नगरपालिकाले प्राथमिकता दिएको जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस  
नेपालको एसियन कप खेल्ने सपना अधुरै

काठमाडौँ, ६ असोज  : हङकङसँग बराबरीमा रोकिएपछि नेपालको एफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त

आईसीसी विश्वकप क्रिकेट लिग–२ : ओमानविरुद्ध नेपालको पहिलो जित

  काठमाडौं, ४ असोज आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले ओमानलाई ७

नेपालले अमेरिकालाई दियो १७५ रनको सामान्य लक्ष्य

न्युज कारखाना काठमाडौं, १ असोज कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकप्रेरित नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय

सहारा खेलकूद पत्रकारिता पुरस्कारबाट परियार पुरस्कृत   

कास्की, ३० भदौ  : पोखराका क्रियाशील पत्रकार दीपक परियार सहारा खेलकूद पत्रकारिता पुरस्कार–२०७८ बाट पुरस्कृत

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई