स्वीकृति नलिई वित्तीय कारोबार नगर्न राष्ट्र बैंकको आग्रह


नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम स्वीकृति नलिई कुनै पनि बैंकिङ तथा वित्तीय कारोबार नगर्न/नगराउन सरोकारभएका सबैलाई आग्रह गरेको छ ।

केन्द्रीय बैंकले एक विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यममा क्यासिनो, होटल, रिसोर्ट, अस्पताल, विद्यालय र कलेज आदिको नाममा न्यूनतम् दरमा ऋण उपलब्ध गराउने भन्दै प्रकाशित विज्ञापनप्रति गम्भीर ध्यानाकर्षण भएको सन्दर्भमा उक्त आग्रह गरेको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७६ बमोजिम निक्षेप लिन वा कर्जा दिन बैंकको स्वीकृति लिनुपर्नेछ । बैंक वा वित्तीय संस्थाले बाहेक अन्य कसैले पनि बैंकिङ तथा वित्तीय कारोबार गर्न नपाउने कानूनी व्यवस्था छ । उक्त व्यवस्था विपरीत कसैले त्यस्तो कार्य गरे/गराए प्रचतिल कानून बमोजिम कारवाही हुने बैंकले जनाएको छ ।

बैंककले स्पष्ट शब्दमा भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाबाहेक कोही कसैले निक्षेप सङ्कलन र कर्जा प्रवाह गरेको पाइए कानूनबमोजिम कारवाही हुने भएकाले त्यस्तो कार्य नगर्न/नगराउन आग्रह गरिन्छ ।’ यही असार ४ गते मार्केट पर्स ग्लोबल कम्पनीले ६ प्रतिशत ब्याजदरमा रु पाँच अर्बसम्म ऋण दिने भन्दै विज्ञापन प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई