बर्नलीमाथि एभर्टनको सहज जित 


काठमाडौं, २९ भदौ

इंग्लिस प्रिमियर लिग (इपीएल) मा एभर्टनले बर्नलीमाथि सहज जित निकालेको छ । सोमबार राति गुडसन पार्कमा भएको खेलमा एभर्टनले बर्नलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन माइकल केन, एन्ड्रोस टाउनसेण्ड र डेमाराई ग्रेले १-१ गोल गरे । बर्नलीका लागि बेनमीले १ गोल गरे ।

खेलमा अग्रता भने भ्रमणकारी टोली बर्नलीले बनाएको थियो । दोस्रो हाफको ५३ मिनेटमा बेनमीले बर्नलीलाई अग्रता दिलाए ।

६० मिनेटमा माइकलले गोल गर्दै घरेलु टोलीलाई १-१ को बराबरीमा ल्याए । बराबर गोल गरेको पाँच मिनेटमै एन्ड्रोसले २-१ को अग्रता दिलाए ।

६६ मिनेटमा ग्रेले एभर्टनको लागि तेस्रो गोल गर्दै ३-१ को जित सुनिश्चित गरे ।

जितसँगै एभर्टन तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको चार खेलबाट १० अंक भएको छ । पराजित बर्नली समान चार खेलबाट एक अंकसहित १८औँ स्थानमा छ ।
न्युज कारखाना

प्रतिक्रिया दिनुहोस  
नेपालको एसियन कप खेल्ने सपना अधुरै

काठमाडौँ, ६ असोज  : हङकङसँग बराबरीमा रोकिएपछि नेपालको एफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त

आईसीसी विश्वकप क्रिकेट लिग–२ : ओमानविरुद्ध नेपालको पहिलो जित

  काठमाडौं, ४ असोज आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले ओमानलाई ७

नेपालले अमेरिकालाई दियो १७५ रनको सामान्य लक्ष्य

न्युज कारखाना काठमाडौं, १ असोज कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकप्रेरित नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय

सहारा खेलकूद पत्रकारिता पुरस्कारबाट परियार पुरस्कृत   

कास्की, ३० भदौ  : पोखराका क्रियाशील पत्रकार दीपक परियार सहारा खेलकूद पत्रकारिता पुरस्कार–२०७८ बाट पुरस्कृत

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई