युवालाई आफ्नो सीप बेचेर खानसक्ने बनाउनुपर्छ : प्रदेश प्रमुख शर्मा   


वाग्मती, २८ भदौ (रासस) :
वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्राविधिक शिक्षाले नै बेरोजगारी समस्या समाधान गर्ने बताउनुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का उपाध्यक्ष खगेन्द्र अधिकारीलगायतको टोलीसँग आज भएको भेटघाटमा उहाँले नेपाली युवालाई आफ्नो सीप बेचेर खानसक्ने बनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले आफूले स्नातकोत्तरसम्मको अध्ययन गरेको भए पनि सीपमूलक नभएकाले जीविकोपार्जनमा शिक्षाको प्रयोग हुन नपाएको भन्दै अबको शिक्षा व्यावहारिक र प्राविधिक हुनुपर्नेमा जोड दिनुभयो । प्रदेश प्रमुख शर्माले सिटिइभिटी माध्यमबाट धेरै नागरिक स्वरोजगार तथा रोजगार बन्नसकेको भन्दै अझ धेरैभन्दा धेरै युवालाई समेट्न सुझाव दिनुभयो ।

त्यस्तै प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले आफू पदमा हुँदा पनि र नहुँदा पनि प्राविधिक शिक्षाको विकासका लागि परेको धारणा राख्नुभयो । दुई हजार ५०० भन्दा धेरै विद्यार्थीलाई विभिन्न विषयका प्राविधिक ज्ञान दिने उद्देश्यले हेटौँडामा निर्माणाधीन बहुप्राविधिक विद्यालयको निर्माणको काम समयमै सम्पन्न गराउन ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस  
एमाले बैठक : प्रतिवेदनमा सुझावका लागि समूह विभाजन   

काठमाडौँ, ८ असोज : नेकपा (एमाले)को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान

  भारतमा थप ३१ हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली, ८ असोज (रासस÷एएनआई) भारतमा कोरोनाभाइरसबाट थप ३१ हजार ३८२ जना नयाँ सङ्क्रमित फेला

भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री सुगा बीच वार्ता   

अमेरिका, असोज ८ (रासस-एएनआई): भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योशिहिदे सुगाले दुई बीचको

खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध   

तेल अभिभ, ८ असोज (रासस÷सिन्ह्वा) इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई