पाण्डे र भट्ट समाजवादीमा जान पाउने कि नपाउने? सर्वोच्चले गर्दै छिनोफानो


 

काठमाडौं, २९ भदौ

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुन पाउनुपर्ने एमालेका दुई सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतले न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकेको हो । प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै समाजवादी पार्टीमा आबद्ध हुन पाउनुपर्ने अन्तरिम आदेश माग गरेका छन् ।

रिटमा आइतवार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मिरा खड्काको एकल इजलासले अन्तरिम आदेश दिने/नदिनेबारे छलफल गर्न आज दुबै पक्षलाई बोलाउँदै त्यतिञ्जेल कारवाही नगर्न अन्तरिम आदेश दिएको थियो ।

आदेशअनुसार आज खतिवडा र सुवेदीको इजलासमा समाजवादीमा जान पाउने वा एमालेमै रहने भन्ने दुबै पक्षको सुनुवाइपश्चात छिनोफानो हुनेछ ।न्युज कारखाना

प्रतिक्रिया दिनुहोस  
एमाले बैठक : प्रतिवेदनमा सुझावका लागि समूह विभाजन   

काठमाडौँ, ८ असोज : नेकपा (एमाले)को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान

  भारतमा थप ३१ हजार नयाँ सङ्क्रमित

नयाँ दिल्ली, ८ असोज (रासस÷एएनआई) भारतमा कोरोनाभाइरसबाट थप ३१ हजार ३८२ जना नयाँ सङ्क्रमित फेला

भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री सुगा बीच वार्ता   

अमेरिका, असोज ८ (रासस-एएनआई): भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योशिहिदे सुगाले दुई बीचको

खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध   

तेल अभिभ, ८ असोज (रासस÷सिन्ह्वा) इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई