सहारा खेलकूद पत्रकारिता पुरस्कारबाट परियार पुरस्कृत   


कास्की, ३० भदौ  :
पोखराका क्रियाशील पत्रकार दीपक परियार सहारा खेलकूद पत्रकारिता पुरस्कार–२०७८ बाट पुरस्कृत हुनुभएको छ । सहारा क्लब पोखराले स्थापना गरेको सो पुरस्कार आज क्लबको २२औँ वार्षिकोत्सव तथा १२औँ अधिवेशनका अवसरमा आयोजित समारोहमा परियारलाई प्रदान गरिएको हो ।

गण्डकी प्रदेशका युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ, क्लबका अध्यक्ष केशवबहादुर थापालगायतले कान्तिपुर दैनिकका पोखरा संवाददाता रहनुभएका परियारलाई सम्मानपत्र, खादा, दोसल्ला र नगद रु २० हजार ५५५ बाट पुरस्कृत गर्नुभयो ।

पत्रकारिताका माध्यमबाट खेल तथा खेलाडीको विकासमा योगदान गरेकामा प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार परियारलाई पुरस्कृत गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताउनुभयो । क्लबले बर्सेनि एक जना खेल पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।

कार्यक्रममा युवा तथा खेलकूदमन्त्री गुरुङले क्लबले सञ्चालन गर्दै आएको सहारा एकेडेमीका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश सरकारले सहाराले आयोजना गर्ने आहा रारा गोल्डकपमा आर्थिक सहयोग गर्दै आएकाले यस वर्ष स्तरीय विदेशी खेलाडी ल्याउन सकेको खण्डमा सोको खर्चसमेत मन्त्रालयले बेर्होने मन्त्री गुरुङले स्पष्ट पार्नुभयो ।

सहाराले विसं २०६३ देखि पोखरा–१७ दोविल्लामा २६ रोपनी क्षेत्रफलमा आफ्नै भौतिक पूर्वाधारसहितको सुविधासम्पन्न फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ । एकेडेमीमा हाल विभिन्न जिल्लाका २६ जना किशोरले आवासीयरूपमा फुटबल प्रशिक्षण तथा शिक्षा लिइरहेका छन् । सहाराले बर्सेनि आयोजना गर्ने आहा रारा गोल्डकप फुटबल प्रतियोगिता मोफसलकै उत्कृष्ट प्रतियोगिता बन्दै आएको छ ।
–––

प्रतिक्रिया दिनुहोस  
भारतमाथि पाकिस्तानकाे ऐतिहासिक जित

  टी-२० क्रिकेट विश्वकप को सन् २०२१ को पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको

सुर्खेतमा काँक्रेविहार गोल्डकप हुँदै   

कर्णाली, ५ कात्तिक (रासस) : सुर्खेतको वीरेन्द्रनगरमा यही कात्तिक १० गतेदेखि काँक्रेविहार गोल्डकपको आयोजना हुने

नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई   

काठमाडौँ, २७ असोज (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई

गोकुलेश्वर टि–२० क्रिकेटको उपाधि कैलपाललाई   

बैतडी, २५ असोज (रासस) ः बैतडी–दार्चुलाको सीमाक्षेत्र गोकुलेश्वरमा सम्पन्न दोस्रो संस्करणको खुला गोकुलेश्वर टि–२० क्रिकेट

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई