स्वतन्त्र प्रेसका “शिकारी”हरुले सरकारको नियत माथि शंका नगरे हुन्छ – मन्त्री बाँस्कोटा


सञ्चार तथा सुचना प्रविधी मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सरकारले दर्ता गरेको मिडिया काउन्सिल विधेयकको बचाउ गर्दै सरकार स्वतन्त्र प्रेस प्रति कटिबद्ध रहेकाले सरकारको नियत माथि शंका नगर्न आग्रह गर्नु भएको छ।

मिडिया काउन्सिल विधेयक माथि प्रतिनिधी सभाका सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले मिडिया काउन्सिल विधेयक मिडियालाई नियन्त्रण गर्न नभएर प्रेस काउन्सिललाई अझ बलियो र प्रभावकारी बनाउन सरकारले सो विधेयक दर्ता गरेको प्रष्ट पार्नु भयो। प्रेस नियन्त्रण गर्ने उद्धेश्यले विधेयक ल्याएको भन्ने नेपाली कांग्रेसको आरोपको खण्डन गर्दै उहाँले नेपाली कांग्रेसलाई आफ्नो इतिहास हेर्न समेत सुझाब दिनु भएको छ।

“५८ साल पछि मिडिया जगतमा के भएको थियो? अन्तराष्ट्रिय जगतले नेपाललाई किन पत्रकारको लागि सबै भन्दा ठुलो कारागार हो किन भनेका थियो? लोकतन्त्र किस्तीमा राखेर कस्ले दरबारमा बुझायो? उहाँले नेपाली कांग्रेस प्रति लक्षित गर्दै प्रश्न गर्नु भएको छ। त्यसैले अन्तराष्ट्रिय स्तरमा “स्वतन्त्र मिडियाका शिकारी” भनी बदनाम भएकाहरुले प्रेस स्वतन्त्रताका लागि सधै कटिबद्ध सरकारलाईको नियत माथि शंका नगर्न उहाँले आग्रह गर्नु भएको छ।

असार ४ गते प्रतिनिधी सभामा बोल्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा छाँया सरकारका प्रधानमन्त्री शेर बहादुर देउवाले मिडियालाई नियन्त्रण गर्ने उद्धेश्यले सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको आरोप लगाउनु भएको थियो। उहाँले यो विधेयक पारित भएमा प्रेस स्वतन्त्रता हनन् हुने धारणा राख्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई