नेकपा (एमाले)को विधान महाधिवेशनमा केही सुझाव


 

तिलकराम नेपाली

१ सबै पदाधिकारी महाधिवेशन र अधिवेशनबाट निर्वाचन गर्नुपर्ने ।
२ केन्द्रीय कमिटीमा पोलिटब्युरोको व्यवस्था कायमै राख्ने ।
३ जिल्ला कमिटी कार्यकारी कमिटी कायमै राख्ने ।
४ प्रदेश राजधानी रहेका जिल्लामा पेशाकर्मी बुद्धिजीवी , विद्यार्थी र मजदुर क्षेत्रमा पार्टीकामलाई व्यवस्थित गर्न प्रतिनिधि सभा निर्वाचन क्षेत्रिय कमिटी स्तरका विशेष क्षेत्रिय कमिटीको (कार्यकारी कमिटी )व्यवस्था गर्नु पर्ने यस्तो विशेष क्षेत्रिय कमिटी गठनको लागि ५०० पार्टी सदस्य हुनु पर्ने ।
५ पार्टी सदस्य ३ प्रकारका हुनु पर्ने – १) संगठित सदस्य २) साधारण सदस्य ३)मानार्थ सदस्य (७५बर्ष माथिका ) ७५बर्ष भन्दा माथि उमेर भएका सदस्य स्वतह मनार्थ सदस्य हुने त्यस्ता सदस्य संग सदस्य शुल्क र लेवि नलिने ।
६ साधारण सदस्य आवेदन पत्र होइन । साधारण सदस्य रसिद बनाई त्यही रसिदमा ब्यक्तिगत विवरण राख्न सकिने गरि वितरण गर्ने । पार्टी प्रवेश गर्न चाहानेहरुलाई समेत साधारण सदस्यता प्रदान गरी प्रवेश गराउने ।
७ सबै कमिटीमा पदाधिकारी र सदस्यहरुको पार्टी कामको स्वमुल्यांकन गर्न डिजिटल प्रविधि प्रयोग गर्ने व्यवस्था गर्ने यसकालागि एप्लिकेसन वनाउने ।
८ लेखापरीक्षण कमिटी , निर्वाचन कमिटी जस्ता निकायहरु जिल्ला तहसम्म कायम गर्ने ।
९ अनुशासन आयोगलाई प्रदेश स्तर सम्म राख्ने ।
१० जनप्रतिनिधिहरु जुनसुकै कमिटीमा रहे पनि सम्बन्धि जिल्ला कमिटी र पालिका कमिटी (सिफारिस गरेको कमिटी)प्रति पनि जवाफदेही हुनुपर्ने ।
११ जनप्रतिनिधिलाई उम्मेदवार बनाउदा नै पार्टी प्रति जवाफदेही बनाउन राजिनामा पत्रमा हस्ताक्षर गराई पार्टीले राख्नुपर्ने ।
१२ केन्द्रीय विभागका सचिव जो केन्द्र कमिटीका सदस्य हुदैनन् र जनसंगठनका पदाधिकारीहरुको मर्यादा प्रदेश कमिटीका सदस्य सरह हुने।
१३ केन्द्रीय विभागका सदस्य र जनसंगठनका केन्द्रीय सदस्यहरुको मर्यादा जिल्ला कमिटीका सदस्य सरह हुने ।
१४ प्रदेश विभागका सदस्य र प्रदेश जनसंगठन पदाधिकारीहरुको मर्यादा प्रतिनिधि सभा निर्वाचन क्षेत्रिय कमिटीका सदस्य सरह हुने ।
१५ पालिका कमिटका अध्यक्षहरुको मर्यादा जिल्ला कमिटीका सदस्य सरह हुने ।
१६ पार्टीका कार्यक्रममा पार्टीको सांगठनिक मर्यादालाई प्रमुखता दिने ।
१७ प्रदेश राजधानी रहेका जिल्लाहरूमा पार्टी र जनसंगठनका सम्पर्क मञ्चको व्यवस्था गर्ने ।

प्रतिक्रिया दिनुहोस  
एमाले अध्यक्ष ओलीले कार्यकर्तालाई यस्तो दिए निर्देशन

काठमाडौँ, ९ कात्तिक : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै

विकास र समृद्धिका लागि एमाले ः उपमहासचिव पौडेल   

रुपन्देही, ९ कात्तिक ः नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले देशको विकास र समृद्धिका

पार्टीमा भएको विभाजनले नेकपा एमालेलाई कुनै असर गरेको छैन : एमाले सचिव ज्ञवाली   

तम्घास, ९ कात्तिक : नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीमा भएको विभाजनले नेकपा

वाग्मती प्रदेशसभाको विश्वासको मतका लागि तयारी पूरा   

मकवानपुर, ९ कात्तिक (रासस) ः वाग्मती प्रदेशसभाको कात्तिक १० गते अपरान्ह बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई