नेपालले अमेरिकालाई दियो १७५ रनको सामान्य लक्ष्य


न्युज कारखाना

काठमाडौं, १ असोज

कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकप्रेरित नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा अमेरिकालाई १ सय ७५ रनको सामान्य लक्ष्य दिएको छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि  ज्ञानेन्द्रले १०५ बलमा ३ चौकासहित ५५ रनको इनिङ खेलेका थिए ।

राष्ट्रिय टोलीमा डेब्यू गरेका  गुल्शन झासँग ५१ रनको साझेदारी गर्दै कप्तान मल्लले नेपालका लागि महत्त्वपूर्ण ५० रन पूरा गरे ।

ओपनर कुशल भुर्तेल ४३ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाएर पेभेलियन फर्किँदा आशिफ शेख ३ रनमा आउट भए ।

त्यस्तै, रोहित पौडेल २ मा पेभेलियन फर्किँदा विनोद भण्डारीले १० रन मात्र जोडेर आउट भए । डेब्यू खेलाडी  गुल्शनले ५३ बलमा २ चौका र १ छक्कासहित २८ रनको योगदान गरे ।  कुशल मल्ल, सोमपाल कामी २ र करण केसी १२ रन बनाएर पेभेलियन फर्केका थिए । त्यस्तै सन्दीप लामिछाने ११ रन जोडेर अन्तिम विकेटको रूपमा आउट हुँदा सुशन भारी २ रनमा अविजित रहे ।

अमेरिकाका लागि कप्तान सौरभ नेत्राभल्करले ४, काएल फिलिपले २ तथा करिमा गोर, एल्मोर हचिन्सन र नोस्ठुस केन्जिगेले १/१ विकेट लिए ।

सोमबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै पराजित भएको नेपालको यो तेस्रो खेल हो ।

नेपाली टोली

ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, गुल्सन झा

प्रतिक्रिया दिनुहोस  
पार्टीमा भएको विभाजनले नेकपा एमालेलाई कुनै असर गरेको छैन : एमाले सचिव ज्ञवाली   

तम्घास, ९ कात्तिक : नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीमा भएको विभाजनले नेकपा

वाग्मती प्रदेशसभाको विश्वासको मतका लागि तयारी पूरा   

मकवानपुर, ९ कात्तिक (रासस) ः वाग्मती प्रदेशसभाको कात्तिक १० गते अपरान्ह बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी

नेपाललाई हिन्दू राष्ट्रका रूपमा पुनःस्थापित गर्नुपर्छ : शङ्कराचार्य   

सिद्धार्थनगर, ९ कात्तिक (रासस) : भारतको उडिसा राज्यको जगन्नाथपुरीस्थित गोबद्र्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले नेपालमा

सर्वोच्च अदालतमा देखा परेको विग्रह, गुटबन्दी र चरम अराजकताप्रति एमाले प्रवक्ताको कडा स्टाटस

काठमाडौं : नेकपा एमाले सचिव तथा प्रवक्ता  प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा देखा परेको विग्रह, गुटबन्दी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई