इरान तनाबको पृष्टभूमीमा अमेरिकी राष्ट्रपति र साउदी युवराजबीच कुराकानी


७ असार: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदसँग कुराकानी गर्नुभएको छ ।

शुक्रबार भएको टेलिफोन कुराकानीका क्रममा उहाँहरु बीच इरानका बारेमा छलफल भएको अधिकारीहरुले जनाएका छन् । मध्यपूर्वमा शान्ति स्थापनाका लागि साउदी अरब र इरानको सम्वन्धमा सुधार ल्याउने बारेमा उहाँहरुले कुराकानी गर्नु भएको थियो । साथै विश्व बजार र अन्य समसामायिक विविध विषयमा पनि छलफल गर्नु भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसद्धारा जारी वक्तव्यमा उल्लेख छ । अमेरिकाले इरानी आकाशमा ड्रोन पठाएको भन्दै इरानले विरोध जनाएपछि इरानका अमेरिकाका बीचमा विवाद चर्किदै गएको छ ।

इरानी आकाशमाथी उठाइएको एउटा ड्रोन केहीदिन अगाडी इरानले खसाली दिएको थियो । आफ्नो आकाशमाथी आएकाले खसालिदिएको इरानले बताएको छ भने अमेरिकाले अन्तर्राष्ट्रिय आकाशमै रहेका बेला ड्रोन खसालीएको आरोप लगाएको छ । अमेरिका र इरानका बीचमा यही विवाद चर्किरहेका बेला अमेरिकी राष्ट्रपति ट्रम्प र साउदी अरबका युवराजबीच कुराकानी भएको हो ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई