कामपामा विद्यार्थी भर्ना अभियान


काठमाडौँ, २६ चैत (रासस) : काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र आगामी वैशाख २ देखि १४ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने भएको छ । विद्यालयबाहिर रहेका बालबालिकालाई पढ्न ल्याउने उद्देश्यले अभियान शुरु गर्न लागिएको कामपाको शिक्षा विभागले जनाएको छ । विभागले आज यहाँ आयोजना गरेको सकारात्मक सोच विकास र गुणस्तरीय शिक्षासम्बन्धी अभिमुखीकरण विभागका शिक्षा अधिकारी निर्मला केसीले वैशाख २ देखि १४ गतेसम्म भर्ना अभियान सञ्चालन हुने जानकारी दिनुभयो । उहाँका अनुसार अभियान सकेपछि १५ देखि ३० गतेसम्म घरदैलो कार्यक्रम गरिनेछ । भर्ना अभियानसँगै आउँदो शिक्षा दिवस अगावै महानगरलाई साक्षर नगर घोषणा गर्ने योजनाअनुसार काम भइरहेको उहाँले बताउनुभयो । अभिमुखीकरण कार्यक्रम सामुदायिक विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारीका लागि आयोजना गरिएको थियो । देशको भार थाम्नुपर्ने विद्यार्थीलाई असल बनाउने जिम्मेवारी पाएका शिक्षक सकारात्मक र सृजनात्मक भए मात्र असल नागरिक निर्माण हुन सक्ने धारणा महानगरको प्रशासन महाशाखा प्रमुख गणेशप्रसाद थपलियाले राख्नुभयो । काठमाडौँ महानगरमा ९१ सामुदायिक र ६४५ संस्थागत गरी ७३६ वटा विद्यालय छन् । यी विद्यालयमा दुई लाख तीन हजार ९७१ जना विद्यार्थी अध्ययन छन् । यसमध्ये एक लाख ५८ हजार ९७१ विद्यार्थी संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् । शिक्षा विभागका अनुसार महानगर क्षेत्रभित्र पाँच वर्षमाथि १० वर्षसम्म उमेर समूहका करीब तीन प्रतिशत बालबालिका विद्यालयबाहिर छन् । सहरमा छोटो र लामो समयका लागि बसोबास गर्न आउने तथा श्रममा आबद्ध अभिभावकका कारण विद्यालय भर्ना हुन बाँकी बालबालिकाको यकिन तथ्याङ्क प्राप्त हुन कठिन भएको विभागको भनाइ छ । ‘हाम्रो नगर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ’ नारासहित भर्ना अभियान शुरु गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस  
आज सरस्वती पूजा

प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ। यस अवसरमा

२०७८ माघ २ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–  आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्राको योग रहेको छ । वृष– यात्रामा

महाधिवेशनले एकताबद्ध एमालेको सन्देश दिनेछ ः अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष, नेकपा एमाले

नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य १०औं महाधिवेशनबाट एकताबद्ध एमालेको सन्देश दिने बताउनुहुन्छ । नेतृत्वले फराकिलो

स्वास्थ्य समस्याको कारण अध्यक्ष ओलिले राजनीतिक प्रस्ताव पुरै वाचन गर्न नसकेपछि पोखरेललाई जिम्मा

काठमाडौं  : नेकपा एमालेको विधान महाधिवेशन उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य समस्याका कारण

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई