डढेलोको कारण दर्जनौँ घरहरू खाली गरियो


एथेन्स, ७ असार: ग्रीसको राजधानी एथेन्सको बाहिरीक्षेत्र सामुद्रिक तट नजिकै शनिबार डढेलो लागेपछि त्यस क्षेत्रका वासिन्दालाई अन्यत्र सारिएको ग्रीक अधिकारीहरूले शनिबार जनाएका छन् । “डढेलोका कारण दर्जनौँ घरमा खतरा उत्पन्न भएपछि र डढेलोका धुवाँले स्थानीय नागरिक विरामी पर्नसक्ने भन्दै नगर प्रशासनले स्थानीय ती घरहरू खाली गरी उनीहरूलाई सुरक्षित स्थानतर्फ लगिएको छ,” सारोनिकोसका नगरप्रमुख जर्ज सोफ्रोनिसले बताउनुभयो । जङ्गली क्षेत्रमा आगलागी भएको र विस्तारै वस्तीतिर सरेपछि पूर्व सावधानीका लागि वस्तीलाई खालि गरिएको हो । डढेलोका कारण मानवीय क्षति भने नपुगेको बताइएको छ । डढेलोको धुवाँ शहरी क्षेत्रमा प्रवेश गरेपछि शहरमा प्रदूषण बढेको अधिकारीहरूले बताएका छन् । आगलागीपछि उक्त क्षेत्रबाट गुड्ने सवारी साधनलाई वैकल्पिक बाटो अवलम्बन गर्न भनिएको छ । जङ्गलमा सल्लो र सानो झाडी रहेकाले डढेलोले छिट्टै फलिँदै गएको बताइएको छ । डढेलोलाई निभाउन दुई वटा फोहरा फाल्ने विमान र एउटा हेलिकोप्टर परिचालन गरिएको छ भने स्थानीय सुरक्षाकर्मीसहितका समूहहरू खटाइएको छ । एथेन्समा गत बर्षको जुलाईमा यस्तै सामुद्रिक तटमा रहेको एक रिसोर्टबाट फैलिएको डढेलोका कारण १०२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस  
मोरक्कोमा शक्तिशाली भूकम्प, कम्तीमा २९६ जनाको मृत्यु

मध्य मोरक्कोमा गएको ६.८ म्याग्निट्यूडको भूकम्पका कारण कम्तीमा २९६ जनाको ज्यान गएको त्यहाँको आन्तरिक मामिला

अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई