आर्थिक चलखेलका कारण हिन्दूराष्ट्र कायम भएन: पूर्वउपराष्ट्रपति झा


पूर्वउपराष्ट्रपति परमानन्द झाले ९५ प्रतिशत ॐकार परिवारका धर्मावलम्बी भए पनि संविधान निर्माण हुँदा आर्थिक चलखेलका कारण हिन्दूराष्ट्र कायम हुन नसकेको बताउनुभएको छ ।

गुरु गोरक्षनाथ अन्तर्राष्ट्रिय आधारशीला तथा नेपाल विश्व हिन्दू महासङ्घले यहाँ आज आयोजना गरेको बृहत् धार्मिक सभामा उहाँले विसं २०६८ को जनगणनाअनुसार पौने तीन करोड जनसङ्ख्यामा दुई करोड १५ लाख हिन्दू रहेको र संविधानको सुझाव लिने समयको जनमतलाई कदर गरेको भए धर्म सापेक्ष देश हुने थियो भन्नुभयो । विश्वमा ४२ वटा संविधानमै इस्लाम धर्म लेखिएका देश भएको बताउँँदै पूर्वउपराष्ट्रपति झाले सनातनदेखि वैदिक मूल्यमान्यतालाई आत्मसात् गर्दै आएको नेपाललाई धर्मनिरपेक्ष लेखिएकामा लामो समयदेखि असन्तुष्टि रहिरहेको बताउनुभयो । पूर्वसांसद भिक्षु आनन्दले सङ्कीर्ण मानसिक सोचका कारण हिन्दू र बौद्धको उद्गमस्थल नेपालको तपोभूमि, ज्ञानभूमि र शान्तिभूमिको परिचय हराउने खतरा बढेको बताउनुभयो ।

कार्यक्रममा पूर्वमुख्य न्यायाधीश ज्ञाइन्द्रबहादुर श्रेष्ठ, भारतको गुरु गोरक्षनाथ इन्टरनेशनल फाउण्डेसनका उपाध्यक्ष तेजपाल सिंह, विश्व हिन्दू महासङ्घ बेलायत शाखाका अध्यक्ष चिरञ्जीवी ढकाल, ज्येष्ठ नागरिक समाजका संयोजक चिरञ्जीवी कँडेल, रामजानकी मन्दिर जनकपुरका महन्त जगन्नाथ वैष्णवदास, पाशुपत योगाभ्यास स्थलका महात्मा सुशील, वृन्दावन संरक्षण समिति अछामका संयोजक कमानसिंह खड्का, नेपाल विश्व हिन्दू महासङ्घका सचिव अभिषेक तिवारी, राम बाबा, आधारशीलाका अध्यक्ष रुद्रबहादुर आले लगायतले वैदिक सनातन धर्मको संरक्षणमा ध्यान जानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा लोपोन्मुख मौलिक खैँजडी भजनको प्रस्तुतिसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई