घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ


घुस लिँदै गरेको आरोपमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक पदम कटुवाललाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।

उनलाई हिजाे दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले रु सात हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

दाजुभाइमा घरायसी विवाद हुँदा विपक्षीलाई पक्राउ गर्ने नाममा कटुवालले घुस मागेपछि पीडितले अख्तियारमा खबर गरेका थिए ।

सो पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले रु सात हजार घुस रकमसहित अख्तियारको टोलीले कटुवाललाई नियन्त्रणमा लिएको बताउनुभएको छ ।

प्रहरी सहायक निरीक्षक कटुवालमाथि प्रहरीले पनि आवश्यक अनुसन्धान शुरु गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई