नेपालको एसियन कप खेल्ने सपना अधुरै


काठमाडौँ, ६ असोज  :
हङकङसँग बराबरीमा रोकिएपछि नेपालको एफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । उज्बेकिस्तानमा जारी छनोटको दोस्रो खेलमा हिजो हङकङसँग गोलरहित बराबरीमा खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

एसियन कपको सम्भावना कायम राख्न नेपाललाई हङकङ विरुद्धको खेल जित्नै पर्ने दबाब थियो तर नेपालले हङकङसँग गोलरहित बराबरीमा खेलेपछि नेपालको एसियन कप खेल्ने सपना अधुरै रहन पुग्यो । उज्बेकिस्तानस्थित (जेएआर एसओके) माजमुएसी स्टेडियममा भएको खेलमा दुवै टोलीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुङ्गियो । यस खेलसँगै समूह एफमा रहेको नेपालले छनोटमा २ खेलमा १ अङ्क जोड्यो । पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो । फिलिपिन्सको ३ अङ्क छ भने हङकङको १ अङ्क छ ।

अब फिलिपिन्स र हङकङबीच हुने समूहको अन्तिम खेलपछि समूह विजेताको टुङ्गो लाग्नेछ । यस समूहको विजेता टोली अर्को वर्ष भारतमा हुने एसियन कपमा छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
भारतमाथि पाकिस्तानकाे ऐतिहासिक जित

  टी-२० क्रिकेट विश्वकप को सन् २०२१ को पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको

सुर्खेतमा काँक्रेविहार गोल्डकप हुँदै   

कर्णाली, ५ कात्तिक (रासस) : सुर्खेतको वीरेन्द्रनगरमा यही कात्तिक १० गतेदेखि काँक्रेविहार गोल्डकपको आयोजना हुने

नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई   

काठमाडौँ, २७ असोज (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई

गोकुलेश्वर टि–२० क्रिकेटको उपाधि कैलपाललाई   

बैतडी, २५ असोज (रासस) ः बैतडी–दार्चुलाको सीमाक्षेत्र गोकुलेश्वरमा सम्पन्न दोस्रो संस्करणको खुला गोकुलेश्वर टि–२० क्रिकेट

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई