पत्रकारिताको आडमा ठगी गर्ने प्रवृति बढ्दै गएकोमा चिन्ता व्यक्त


पत्रकारिताको आडमा ठगी गर्ने प्रवृति बढ्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन।जनकपुरधामबाट प्रकाशित हुने दूधमति साप्ताहिक पत्रिकाको पाँचौं वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित समारोहमा वक्ताहरूले सो चिन्ता व्यक्त गर्नुभएको हो ।

धम्की दिई नैतिक दबाब र रकमको चलखेलले पत्रकारिताप्रतिको विश्वासमा कमी आउँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनीहरुले वस्तुनिष्ठ भन्दा पनि दलाली गर्ने र अमर्यादित ढङ्गले प्रस्तुत हुने घटनामा वृद्धि हुनु सरोकारवाला सबैका लागि चिन्ताको विषय हो भन्नुभयो । उनीहरुले जनताको सरोकारका नाममा तथ्यपरक नभइ आचारसंहिताको कुनै ख्याल नगरी पत्रकारिता कर्म देखापर्नु सबैका लागि घातक भएको उल्लेख गर्दै सक्रियताका आवरणमा धम्की दिई विज्ञापनदेखि समाचारमा एकाधिकार कायम गर्ने मनोविज्ञान बढदै जानु पत्रकारिताको भविष्यमाथि प्रश्नचिन्ह लागेको धारणा व्यक्त गर्नुभयो । सो अवसरमा प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले पत्रकार शेलेन्द्रकुमार झा र व्यवसायी प्रमोदकुमार अग्रवाललाई दूधमति साप्ताहिक सम्मान प्रदान गर्नुभयो ।

समारोहमा प्रदेशसभा सदस्य रामसरोज यादव, रामआशिष यादव र मञ्जु यादव, पत्रिकाका सम्पादक सुजितकुमार झा, नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का महासचिव किरण कर्ण, नेपाल पत्रकार महासङ्घ धनुषाका सभापति अनिल मिश्र, उद्योगी शिवशङ्कर साह ,उद्योग वाणिज्य सङ्ध जनकपुरका अध्यक्ष ललितकुमार साहले पत्रकारिताको विधमान अवस्था, चुनौती र उपलब्धिको विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई