नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने समेत ३ जना उपर आरोपपत्र दायर


नापी कार्यालय साँखु, काठमाडौंका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने, मालपोत कार्यलय, साँखुका नायब सुब्बा महेश काफ्ले र लेखापढी व्यवसायी विष्णु के.सी.उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नापी कार्यालय साँखुका नापी सर्वेक्षक न्यौपाने र लेखापढी व्यवसायी के.सीले जग्गा हालसाविक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगालबाट खटिई गएको टोलीले न्यौपाने र के.सी.लाई १ लाख ५० हजार घुस सहित नियन्त्रण लिएको थियो।
अख्तियारको अनुसन्धानमा जग्गा हालसाविक गर्ने कार्यमा नापी सर्वेक्षक न्यौपाने, नायव सुब्बा काफ्लेले घुस माग गरी मध्यस्थकर्ता के.सी.लाई कुराकानी गर्न लगाई उक्त घुस लिएको देखिन आए पछि निजहरु उपर भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा १ बमोजिम बिगो रू एक लाख पचास हजार र सोहि ऐनको दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को देहाय घ बमोजिम कैद र जरिवाना माग गरि आरोप पत्र दायर गरिएको अख्तियारको प्रेस विज्ञप्तीमा भनिएको छ।
साथै मध्यस्तकर्ता के.सी.लाई सोहि ऐन बमोजिम बिगो रू एक लाख पचास हजार कायम गरी दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को देहाय घ बमोजिम जरिवाना र कैद सजाय माग गरि आरोप पत्र दाखिल गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई