खेल क्षेत्रलाई प्राथमिकतामा राखे मात्रै समृद्धि सम्भव : अध्यक्ष दाहाल


नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको विकासले मात्रै मुलुकमा समृद्धि सम्भव भएको बताउनुभएको छ ।

भरतपुरमा जारी पाँचौँ ‘हानामी चितवन च्याम्पियनशिप’को समापन गर्दै पूर्वप्रधानमन्त्री दाहालले अन्य देशको विकास खेलका माध्यमले भएको उल्लेख गर्नुभयो । उहाँले नेपालमा पनि खेल क्षेत्रलाई सबैले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

खेल क्षेत्र राष्ट्रिय एकता, राष्ट्रिय अनुशासन, सभ्यता र पहिचानको आधार रहेकाले खेलकै कारण विश्वमा पहिचान रहने तथा आर्थिक रुपमा समृद्धि हाँसिल गर्न सहज हुने अध्यक्ष दाहालको भनाइ थियो । “निजी क्षेत्रबाट सञ्चालन हुने प्रतियोगितालाई राज्यले सहयोग गर्छ”, उहाँले भन्नुभयो ।

यसैबीच भरतपुरमा जारी पाँचौँ हानामी चितवन च्याम्पियनशिपको उपाधि अभिशेक चर्च रजहरले जितेका छन् । रजहरले जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरलाई २–१ गोलले हराउँदै उपाधिसँगै रु तीन लाख पुरस्कार जितेको छ । उप–विजेता शिक्षालयले रु एक लाख ५० हजार तथा तृतीय भएको जु फुटबल क्लब जुगेडीले रु ५० हजार पुरस्कार जितेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी अभिषेक चर्चका अजित गुरुङ घोषित भए । उनले रु २० हजार पुरस्कार प्राप्त गरे । अभिषेक चर्चकै एनिक सर्वाधिक गोलकर्ता भए । उनले प्रतियोगिताभर ६ गोल गरे । जुनियर प्रहरी अधिकृत शिक्षालयका सञ्जित श्रेष्ठ उत्कृष्ट गोल रक्षक, अभिषेक चर्चका मानबहादुर तामाङ उत्कृष्ट डिफेन्डर तथा जुनियर प्रहरी अधिकृत शिक्षालयका प्रताप गुरुङ उत्कृष्ट मिडफिल्डर घोषित भए ।

उनीहरुले जनही रु १० हजार पुरस्कार प्राप्त गरे । गत जेठ २४ गतेदेखि शुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई