असार मसान्तभित्र दुई सय मेगावाट बिजुली थपिने


नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रशारण प्रणालीमा चालू आर्थिक वर्षको अन्त्यसम्म करीब २०० मेगावाट क्षमता बराबरको विद्युत् थप हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार सरकारी तथा निजी लगानीका आयोजनाबाट कूल १९५ मेगावाट विद्युत् थप हुन लागेको हो । सरकारले चालू आवको अन्त्यसम्म करीब २८० मेगावाट विद्युत् थप हुने लक्ष्य राखेको थियो ।

तर केही आयोजना सम्पन्न हुने अवस्थामा पुगे पनि प्रसारण लाइनको अभाव तथा सम्बन्धित आयोजनाकै काम नसकिएका कारण तोकिएअनुसारको विद्युत् उत्पादन भने हुन नसक्ने देखिएको हो । मन्त्री पुनले माथिल्लो त्रिशूली थ्री ए, कुलेखानी तेस्रो जस्ता नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेका आयोजना सम्पन्न भएका छन् । माथिल्लो त्रिशूली थ्री ए ६० मेगावाट क्षमताको आयोजना हो भने कुलेखानी तेस्रो १४ मेगावाट क्षमताको आयोजना हो । यस्तै निजी क्षेत्रले १२१ मेगावाट विद्युत् प्राधिकरणको प्रणालीमा थप गरेको छ । चालू आवभित्रै २२ मेगावाट क्षमताको वाग्मती साना आयोजना, मदक्यू खोला १३ मेगावाट, माई साना क्यासकेड आठ मेगावाट, रुदी खोला ८.८ मेगावाट, सुपर माई ७.८, मोलुङ खोला सात मेगावाट, ठेउले खोला १.५ मेगावाट गरी कूल ११ आयोजना यसअघि नै सम्पन्न भइसकेको छ । चालू आव सकिन केही दिन अझै बाँकी रहेकाले पनि केही मेगावाट विद्युत् थप हुने देखिएको छ ।

मन्त्री पुनका अनुसार आगामी आवको अन्त्यसम्म करीब एक हजार मेगावाट क्षमताका आयोजना सम्पन्न भई राष्ट्रिय प्रशारण प्रणालीमा थप हुनेछ । उक्त क्षमतामा विद्युत् थप भएपछि नेपाल ऊर्जामा क्रमशः आत्मनिर्भर हुनेछ । त्यसमा माथिल्लो तामाकोशी ४५६, रसुवागढी १११, माथिल्लो साञ्जेन १४.८०, साञ्जेन ४२.५० मेगावाट क्षमताका आयोजना सम्पन्न हुनेछन् ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई