शेयर बजार फेरी बढ्यो, कुन कम्पनीले कमाए कुन कुन कम्पनीले गुमाए


आइतबार ओरालो लागेको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.७५ बिन्दुले उकालो लागेर एक हजार २६०.१० अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४४ बिन्दुले बढेर २७१.०४ मा पुगेको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोवार रकम भने उल्लेख्यमात्रामा अगाडि बढ्न सकेन । कूल १७३ कम्पनीको १५ लाख चार हजार ६७२ कित्ता शेयर रु ४८ करोड १४ लाख ९२ हजार ८२१ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका ११ उपसमूहमध्ये आज चार उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर भने वृद्धि भएको छ । विकास बैंक २.५५, निर्जीवन बीमा २.२२, जीवन बीमा ०.४, सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ । यस्तै बैंकिङ ४.३४, होटल २६.५४, जलविद्युत् ८.५६, वित्त १.१, उत्पादन ७.७४, अन्य ८.६९ र लघुवित्त १७.३८ बिन्दुले बढेको छ । स्टकका अनुसार कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु पाँच करोड १८ लाख ३३ हजार ८१९ कारोवार भयो । यस्तै चिलिमे जलविद्युत् कम्पनी रु दुई करोड ६० लाख ८० हजार ४६०, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर रु दुई करोड ५६ लाख ५३ हजार २५, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु दुई करोड ११ लाख ९३ हजार ९७५, नेपाल बैंक लिमिटेड रु दुई करोड १६ लाख ९९५ र प्रभु बैंकको रु एक करोड ६९ लाख १९ हजार २८६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । कारोवार भएका कम्पनीमध्ये आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९१ प्रतिशतले कमाए । यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ९.७८, सिभिल लघुवित्त वित्तीय संस्था ६.९४, अरुण काबेली पावर लिमिटेडका शेयरधनीले ५.५६ प्रतिशतले कमाए । त्यस्तै मल्टीपर्पोज फाइनान्स कम्पनी ९.६०, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था ४.५२, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३.९२, पञ्चकन्या माई हाइड्रोपावरका शेयरधनीले ३.६३ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई