सरकारले आयोगको समन्वयमा उपनिर्वाचन गर्ने तयारी गरेको छ : प्रम ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगको हरेक निर्णयमा सरकारले कुनै पनि दवाव नदिने बताउनु भएको छ । ‘‘सरकारको तर्फबाट कुनै पनि काम गर्नका लागि गैरकानूनी दवाव दिइने छैन,आयोगले स्वतन्त्र, निष्पक्ष भएर काम गर्नुपर्दछ ।’’

उहाँले निर्वाचन आयोगले हिजो शीतल निवासमा आयोजना गरेको ‘निर्वाचन समीक्षा तथा आयोगको भावी रणनीतिसम्बन्धी उच्चस्तरीय अन्तरक्रिया’मा चाँडै सरकारले आयोगको समन्वयमा उपनिर्वाचन गर्ने तयारी गरेको समेत जानकारी दिनुभयो ।

उहाँले विद्युतीय यन्त्रबाट मतदान गरिने प्रणाली अलि विवादास्पद हुन सक्छ भन्दै सबैको सहमतिमा भने यन्त्रबाट मतदान गर्न सकिने बताउनुभयो । उहाँले निर्वाचनका बेला खटिने कर्मचारीको मतदानको अधिकार दिलाउन सरकार लागिपरेको समेत बताउनुभयो । उहाँले चुनावमा हुने खर्चको स्थिति गम्भीर रहेकाले यसलाई पुनःविचार गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन प्रणाली खर्चिलो भएकाले स्थानीय तहबाट नै खर्च रोक्नुपर्ने बताउनुभयो । उहाँले विद्युतीय यन्त्र प्रणाली राम्रो भएकाले यसलाई सबैको सहमतिमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले महिला र दलितका लागि छुट्टै आरक्षण छुट्टाउनका लागि सोच्नुपर्ने बेला आएको पनि बताउनुभयो ।

पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले सर्वोच्च अदालतले पनि विदेशमा रहेका नेपालीलाई मतदान प्रक्रियामा सहभागी गराउनुपर्ने आदेश दिएको बेला अबको निर्वाचनमा प्रवासीलाई समेत सहभागी गराउनुपर्ने बताउनुभयो । उहाँले निर्वाचन खर्चिलो भएकाले मितव्ययिता अपनाउनुपर्ने र मतदानस्थलमा नै मतगणना गर्न सक्ने गरी सुरक्षाको प्रवन्ध मिलाउनुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईले निर्वाचन खर्चलाई नियन्त्रण गर्नुपर्छ भन्दै राजनीतिक दलको आर्थिक पारदर्शितामा कडाइ गर्नुपर्ने बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको तेस्रो पञ्चवर्षीय रणनीति सार्वजनिक गर्दै आयोगलाई अझ स्वतन्त्र, निष्पक्ष र व्यावसायिक बनाइने दृढता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई