अमेरिकी राजदुतको “राजदुतसंग गफगाफ” कार्यक्रम बन्द ?

सामाजिक संजाल मार्फत जनतासंग प्रत्यक्ष रुपमा जोडिने उद्धेश्य सहित नेपालका लागि अमेरिकी राजदुत र्याण्डी बेरीले प्रत्येक सोमबार नियमित “गफगाफ” को कार्यक्रमको सुरु गर्ने घोषणा यहि मे २० मा गरेका थिए। आफ्ना समाजिक संजालका करिब ४० लाख फलोअरसंग अन्तरकृया गर्ने उद्धेश्य रहेको उनले उक्त घोषणामा भनेका थिए। विदेशी नियोगका कर्मचारीले कतै प्रचलनमा नरहेको यस्तो कार्यक्रम राजदुत बेरीले गर्न लागेकोमा उनको चौतर्फि विरोध भएको थियो।
विदेशी नियोगका कर्मचारीले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्ने परिपाटी चलि आएकाले गर्दा सामाजिक संजाल प्रयोगकर्ताहरुले राजदुत बेरीको उक्त कार्यक्रम भियना सन्धी विपरित भनि चर्को विरोध गरेका थिए भने सरकारले राजदुत बेरीलाई कुटनीतिक मर्यादा उल्लंघन नगर्न नसिहत समेत दिएको थियो ।
राजदुत बेरीको कार्यक्रमको चौतर्फि विरोध भए पछि उनले आफ्नो साख बचाउनको लागि कार्यक्रमको शैलि बदलेका थिए। उनको सुरुवाति उत्साह र दुताबास निकट पत्रकारहरु प्रचारशैलि हेर्दा राजदुत बेरीले समाजिक संजालमा लाइभ कार्यक्रम संचालन गर्दैछन भन्ने जनता माझमा सन्देश गएको थियो। तर उनका पछिल्ला तिन “गफगाफ” का कार्यक्रम लाईभ नभई साख बचाउनका लगि कर्मकाण्डमा मात्र सिमित भयो।
मे २७ बाट सुरु भएको उक्त कार्यक्रमले त्यसपछिका हरेक सोमबार अर्थात जुन ३, १० र १७ तारिख सम्म निरन्तरता पायो भने पछिल्लो सोमबार अर्थात जुन २४ का दिन कुनै कार्यक्रम प्रसारण भएन।
राजदुत बेरीको सामाजिक संजालमा गत सोमबार किन र के कारणले उक्त कार्यक्रम प्रसारण भएन वा उक्त कार्यक्रम बन्द गरिएको हो कुनै जानकारी हाल सम्म दिइएको छैन। कार्यक्रमको शैलि अनुसार यो प्रत्यक्ष प्रसारण हुने कार्यक्रम नभई रेर्कड गरिएको कार्यक्रम भएको र राजदुत बेरीले उद्घोषण गरे अनुसार प्रत्येक सोमबार कार्यक्रम प्रसारण हुनु पर्नेमा गत सोमबार प्रसारण नहुनुले कतै राजदुतसंग गफगाफ कार्यक्रम बन्द भएको त हैन? भन्ने प्रश्न उब्जिएको छ।