नेप्सेमा पहिरो   


काठमार्डौँ, १७ असोज :
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आज नेप्से परिसूचक ५५.९३ अङ्कले घटेर दुई हजार ५७७.४९ मा ओर्लिएको छ ।

नेप्से ओरालो लागेसँगै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ११.०७ अङ्कले घटेर ४८५.९८ मा झरेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम समेत घटेको छ । कूल २३२ कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर रु चार अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ मूल्यमा कारोबार भयो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २९.२६, व्यापार ५६.६३, होटल तथा पर्यटन १०२.८२, विकास बैंक १३८.४१, जलविद्युत् १११.६१, वित्त ९७.१२, निर्जीवन बीमा १८८.५, उत्पादन १०७.४५, अन्य ३३.९२, लघुवित्त ६९.३९, जीवन बीमा २७२.१४, सामूहिक लगानी कोष ०.१७ र लगानी ३.३३ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड ६ लाख १६ हजार २२१ बराबरको कारोबार भयो । यस्तै नेशनल हाइड्रोपावर रु १४ करोड २४ लाख ३८ हजार ७५३, रिडी हाइड्रोपावर रु १४ करोड १० लाख ८६ हजार ४०२, शिखर इन्स्योरेन्स कम्पनी रु १३ करोड ६६ लाख ५० हजार र हिमालयन डिस्टिलरी रु १३ करोड ३६ लाख १० हजार ९१० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

कारोबारका आधारमा मैलुङ खोला जलविद्युत् कम्पनी ९.९७, स्वाभिमान लघुवित्त ६.०५, सबैको लघुवित्त २.०८, प्रिमियर इन्स्योरेन्स १.७३ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले १.५६ प्रतिशतले कमाए । त्यस्तै, गुह्यश्वरी मर्चेन्ट बैंक ९.१९, रैराङ हाइड्रोपावर ९.१३, माउण्टेन हाइड्रो ८.५५, छ्याङ्दी हाइड्रो ७.९९ र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ७.८७ प्रतिशतले गुमाए ।   (रासस)
–––

प्रतिक्रिया दिनुहोस  
विकास र समृद्धिका लागि एमाले ः उपमहासचिव पौडेल   

रुपन्देही, ९ कात्तिक ः नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले देशको विकास र समृद्धिका

पार्टीमा भएको विभाजनले नेकपा एमालेलाई कुनै असर गरेको छैन : एमाले सचिव ज्ञवाली   

तम्घास, ९ कात्तिक : नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीमा भएको विभाजनले नेकपा

वाग्मती प्रदेशसभाको विश्वासको मतका लागि तयारी पूरा   

मकवानपुर, ९ कात्तिक (रासस) ः वाग्मती प्रदेशसभाको कात्तिक १० गते अपरान्ह बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी

नेपाललाई हिन्दू राष्ट्रका रूपमा पुनःस्थापित गर्नुपर्छ : शङ्कराचार्य   

सिद्धार्थनगर, ९ कात्तिक (रासस) : भारतको उडिसा राज्यको जगन्नाथपुरीस्थित गोबद्र्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले नेपालमा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई