बढ्यो सुनको मूल्य


काठमाडौँ, १९ असोज ः
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९० हजार ३०० कायम गरिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ३०० तोकिएको हो । छापावाल सुन सोमबार प्रतितोला रु ८९ हजारमा ८०० मा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुनको आजको कारोबार मूल्य प्रतितोला रु ८९ हजार ८५० कायम गरिएको छ जुन सोमबार प्रतितोला रु ८९ हजार ३५० मा कारोबार भएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।
–––

प्रतिक्रिया दिनुहोस  
तरकारी बेचेरै लाखौँ आम्दानी   

बलेवा, ७ कात्तिक (रासस) : मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण

बढ्यो सुनको मूल्य

काठमाडौँ, ७ कात्तिक (रासस) : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर

न्यादी हाइड्रोपावरको साधारण शेयर बाँडफाँट   

काठमाडौँ, ५ कात्तिक (रासस) : न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो   

काठमाडौँ, ४ कात्तिक (रासस) : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई