खानेपानी मन्त्रीको चेतावनी : विकासका कार्यमा अवरोध भए सैह्य हुँदैन


खानेपानी मन्त्री बिना मगरले विकासका कार्यमा हातेमालो गर्न आग्रह गर्नुभएको छ ।

बेलौरी नगरपालिकाको चौथो नगरसभामा हिजाे उहाँले विकासका कार्यमा अवरोध भए सैह्य नहुने बताउनुभयो ।

नगर क्षेत्रलाई नमूनाका रुपमा विकास गरेर देखाउने उल्लेख गर्दै उहाँले नगरको दिगो विकासका लागि कटिबद्ध रहेको बताउनुभयो ।

बेलौरीमा भन्सार नाका खोल्ने, पर्यटकीय गन्तव्यको सूचीमा परेको बन्दताल संरक्षण गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सडकको सहज सुविधा पु¥याउने कार्य अगाडि बढेकाले नमूना शहर बनाउने कार्यमा विलम्ब नहुने उहाँले बताउनुभयो ।

उहाँले भौतिक पूर्वाधारयुक्त सफा र सुन्दर आधुनिक बेलौरी शहरको परिकल्पना बोकेर कार्य अगाडि बढाउने योजना अघि सारेको बताउनुभयो ।

बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले नगरसभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

चौथो नगरसभामा नगरउपप्रमुख चित्रकुमारी चौधरीले आव २०७६÷७७ को लागि रु ६० करोड ८५ लाख ९४ हजार बराबरको प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई