विश्वकपमा सट्टेबाजी गर्ने पक्राउ


विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर घर भई भरतपुर महानगरपालिका–३ मा कोठा भाडामा लिई बस्ने ३३ वर्षीय मुकेशकुमार शाह छन् । भाडामा बस्ने कोठाबाट रु तीन लाख ४५ हजार ५६ सहित मङ्गलबार राति प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनका साथबाट ६ थान मोबाइलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । नेपाली तथा भारतीय नागरिकसमेतलाई आबद्ध गराई ठूलै रकमको सट्टेबाजी गराउँदै आएका शाह विगतमा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरुमा सट्टेबाजी गर्ने तथा गराउने कार्यमा संलग्न रहेको दाबी प्रहरीको छ । पक्राउ परेका शाहलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरअन्तर्गत दफा १२५ को उपदफा ४ बमोजिम कारवाही गरिने प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताउनुभयो । कसुरमा बरामद बिगो जफत गरी एक वर्ष कैद र रु दश हजारसम्मको जरिवाना हुने कानूनी व्यवस्था छ । शाह खाद्यान्न व्यापारी हुन् ।

प्रतिक्रिया दिनुहोस  
यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो विश्व विजेता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ फाइनलमा अर्जेन्टिना बिजय भएको छ । लुसैल स्टेडियममा

अर्जेन्टिना र फ्रान्सको रोमाञ्चक बराबरी

कतार विश्वकपको फाइनलमा एम्वाप्पेले खेलको ११८ औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गरेका

ब्राजिलले विश्वकप २०२२ जित्ने भविष्यवाणी

काठमाडौं, २ मंसिर । विश्वकप फुटबल प्रतियोगिता आगामी आइतबारबारदेखि कतारमा सुरू हुँदैछ । तर, विश्वकप

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई