भारतमा एक दिनमा १८ हजार १३२ जना नयाँ सङ्क्रमित थपिए


नयाँ दिल्ली,
२५ असोज (रासस÷एएनआई) ः भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या सात महिना पछिकै सवैभन्दा कम देखिएको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो एक दिनमा १८ हजार १३२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
यो सङ्ख्या २१५ दिन अर्थात सात महिनाभन्दा बढीसमय पछिको सवैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण १९३ जनाको मृत्यु भएको जनाएको छ । योसँगै भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाको सङ्ख्या चार लाख ५० हजार ७८२ पुगेको छ । महामारीबाट पछिल्लो समयमा सवैभन्दा धेरै प्रभावित हुनेमा केरला प्रदेश नै रहेको छ । केरलामा मात्रै पछिल्लो २४ घण्टामा ८५ जनाको मृत्यु भएको छ भने १० हजार ६९१ जना सङ्क्रमित भएका छन् ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख २७ हजार ३४७ पुगेको छ । यो सङ्ख्या २०९ दिनपछिकै सवैभन्दा कम भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो एक दिनमा २१ हजार ५६३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै कुल सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ३२ लाख ९३ हजार ४७८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस  
एमाले अध्यक्ष ओलीले कार्यकर्तालाई यस्तो दिए निर्देशन

काठमाडौँ, ९ कात्तिक : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै

विकास र समृद्धिका लागि एमाले ः उपमहासचिव पौडेल   

रुपन्देही, ९ कात्तिक ः नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले देशको विकास र समृद्धिका

पार्टीमा भएको विभाजनले नेकपा एमालेलाई कुनै असर गरेको छैन : एमाले सचिव ज्ञवाली   

तम्घास, ९ कात्तिक : नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीमा भएको विभाजनले नेकपा

वाग्मती प्रदेशसभाको विश्वासको मतका लागि तयारी पूरा   

मकवानपुर, ९ कात्तिक (रासस) ः वाग्मती प्रदेशसभाको कात्तिक १० गते अपरान्ह बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई