स्वास्थ्य मापदण्ड पालना गरेर दसैँ मनाउन अनुरोध   


काठमाडौँ, २६ असोज (रासस) ः
सुशील कोइराला मेमोरियल फाउन्डेसनले कोरोना जोखिम केही कम भए पनि महामारी पूर्ण रुपमा अन्त्य नभएकाले सचेतताका साथ बडादसैँ मनाउन आह्वान गरेको छ ।

फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाले आज विज्ञप्ति जारी गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर दसैँ मनाउन अनुरोध गर्नुभएको हो । नेपालीको महान् चाड दसैँ, शुभदीपावली, नेपाल संवत् एवं छठजस्ता सांस्कृतिक पर्वले सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने भएकाले पर्व मनाउँदा स्वास्थ्य सुरक्षालाई पनि ध्यान दिन विज्ञप्तिमा आह्वान गरिएको छ ।

यसअघि कोरोनाको दोस्रो लहरसम्म आइसकेकाले सचेत भएर चाडपर्व मनाउन र अहिलेसम्म बालबालिकाका लागि नेपालमा खोप उपलब्ध नभएकाले बालबालिकालाई जोखिम कम हुने गरी पर्व मनाउन सबै अभिभावकले ध्यान दिनुपर्ने फाउन्डेसनको आह्वान छ । पछिल्लो समय सार्वजनिक यातायात, मठमन्दिरमा भीड बढेको र त्यसमा बालबालिकासमेत धेरै देखिएकाले सचेतता अपनाउनुपर्नेमा जोड दिइएको छ ।
–––

प्रतिक्रिया दिनुहोस  
धामी बस्ने क्रममा श्रीमती र छोरीको हत्या

मङ्गलबारे, ९ कात्तिक (रासस) ः इलामको देउमाई नगरपालिका– ५ बारुङमा एक व्यक्तिले आज श्रीमती र

एमाले अध्यक्ष ओलीले कार्यकर्तालाई यस्तो दिए निर्देशन

काठमाडौँ, ९ कात्तिक : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै

विकास र समृद्धिका लागि एमाले ः उपमहासचिव पौडेल   

रुपन्देही, ९ कात्तिक ः नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले देशको विकास र समृद्धिका

पार्टीमा भएको विभाजनले नेकपा एमालेलाई कुनै असर गरेको छैन : एमाले सचिव ज्ञवाली   

तम्घास, ९ कात्तिक : नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीमा भएको विभाजनले नेकपा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई