उत्पादनका आधारमा दुग्ध किसानलाई अनुदान   


लुम्बिनी, २६ असोज (रासस)ः
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा दुग्ध उत्पादनका आधारमा किसानलाई अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले दुग्ध सहकारीमार्फत किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष रु ४६ लाख छ हजार ५६९ किसानलाई उपलब्ध गराइएको छ ।

किसानलाई प्रोत्साहन गर्न सहकारीमार्फत बिक्री गरिएको दूधको परिमाणअनुसार हरेक वर्ष अनुदान रकम प्रदान गर्दै आएको नगरप्रमुख वासुदेव घिमिरेले बताउनुभयो ।
सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष २०७७÷७८ को लेखापरीक्षण प्रतिवेदनका आधारमा २१ दुग्ध उत्पादक सहकारीमा आबद्ध किसानले अनुदान रकम प्राप्त गरेका हुन् ।

नगरप्रमुख घिमिरेले नगरपालिकाले उपलब्ध गराएको अनुदान रकम किसानको हातसम्म पु¥याउन सहकारीका अध्यक्ष तथा व्यवस्थापकलाई आग्रह गर्नुभयो । अघिल्लो दुई आर्थिक वर्षमा पनि अनुदान रकम उपलब्ध गराइएको थियो । उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकाले यो नीति लिइएको बताउँदै नगरउपप्रमुख जगेश्वरदेवी चौधरीले नगरपालिकाले किसानमुखी अन्य कार्यक्रमसमेत सञ्चालन गरेको जानकारी दिनुभयो ।

यो वर्ष सबैभन्दा बढी अनुदान रकम वडा नं १४ स्थित गौतमबुद्ध दूध डेरी दुग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ । उक्त केन्द्रले रु नौ लाख ९४ हजार ६४५, वडा नं १४ कै टिकुलिगढ दुग्ध उत्पादक सहकारीले रु पाँच लाख ६६ हजार १०१, वडा नं १२ को गोकुल दुग्ध उत्पादक सहकारीले रु चार लाख पाँच हजार ९४४, वडा नं ६ को पञ्चामृत दुग्ध उत्पादक सहकारीले रु तीन लाख नौ हजार ५७५ प्राप्त गरेको छ ।

गत वर्ष नगरपालिकाले रु ४५ लाख ९८ हजार ८२१ अनुदान रकम वितरण गरेको थियो । दूधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक एक करोड लिटर दूध उत्पादन हुने गरेकामा त्यसको झण्डै आधा दूध सहकारीमार्फत बिक्री वितरण हुँदै आएको छ । दुग्ध उत्पादक सहकारी सङ्घका जिल्ला अध्यक्ष लेखनाथ पाण्डेयले सिधै किसानको हातमा रकम जाने यो अनुदान कार्यक्रम सबैका लागि अनुकरणीय रहेको जानकारी दिनुभयो ।
यस्तै शङ्करनगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर भण्डारीले किसानको हातमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस  
न्यायाधीशहरूसँग प्रधानन्यायाधीशले भने राजिनामा दिन्न

  काठमाडौँ, ९ कात्तिक : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधान र कानूनले दिएको दायित्व पूरा गरेर

विभेद्को मानसिकता अन्त्य गर्दै सिर्जनशील वर्गलाई प्रोत्साहन गरौँ– गृहमन्त्री   

काठमाडौँ, ९ कात्तिक (रासस) ः गृहमन्त्री बालकृष्ण खाँणले जातीय विभेद्को मानसिकतालाई सदाका लागि अन्त्य गर्दै

रुसमा घरेलु ग्यास विष्फोटमा १ जनाको मृत्यु, ४ घाइते   

मस्को, कार्तिक ९ (रासस-सिन्ह्वा) रुसको टाटारस्तान क्षेत्रको एक आवासीय भवनमा सोमबार ग्यास विष्फोट हुँदा एक

‘शहीदका विषयमा विवाद नगरौँ’   

काठमाडौँ, ९ कात्तिक (रासस) ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्रका लागि आफ्नो प्राण

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई