विस्थापित ३९ सय जना खतरामा : राष्ट्रसङ्घ


विस्थापित जीवन बिताइरहेका सोमालियाका झण्डै ३९ सय जना खतरामा रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

आप्रवासनसम्बन्धी राष्ट्रसङ्घीय निकायले आन्तरिकरुपमा विस्थापित भएका उनीहरु खतरामा रहेको जनाएको हो । नयाँ आवास क्षेत्र बनाइएको सोमालियाको दक्षिणपश्चिमतर्फ पर्ने बैडोआमा रहेका खतरामा रहेको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)ले जनाएको छ । विस्तापित भएर खतरापूर्ण जीवन बिताउनेमा ६८२ घर परिवारका तीन हजार ९१४ जना रहेको आईओएमको तथ्याङ्क छ ।

मङ्गलबार बेलुकी आईओएमद्वारा जारी वक्तव्यमा खतरापूर्ण अवस्थामा रहेकालाई अन्यन्त्र स्थानान्तरण गर्ने क्रम शुरु भएको उल्लेख छ । यो क्रम जुलाईसम्म जारी रहने वक्तव्यमा जनाइएको छ । उनीहरुलाई अहिलेकोभन्दा राम्रो ठाउँ, राम्रो अवस्था र सुहाउँदो जमिनको समेत व्यवस्था गर्न लागिएको आईओएमका अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई