नेपालमा व्यापार प्रवद्र्धन गर्दै ताइवानी व्यवसायी


काठमाडौ, २६ चैत्र: नेपालमा व्यापार प्रवद्र्धनका लागि ताइवानका व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउने भएका छन् ।

ताइवान एक्सटर्नल ट्रेड डेभलपमेण्ट काउन्सिलको नेतृत्वमा सात सदस्यीय प्रतिनिधिमण्डल नेपाल आउन लागेको आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । ताइवानको प्रतिष्ठित उत्पादक तथा आपूर्तिकर्ता सम्मिलित सो प्रतिनिधिमण्डलले यही वैशाख ५ गते नेपाली व्यवसायीसँग प्रत्यक्ष भेटघाट गरी व्यापार विस्तारको सम्भावनाबारे अन्तरक्रिया गर्ने कार्यक्रम रहेको आयोजकको तर्फबाट नेपालका लागि सम्पर्क व्यक्ति दर्शन न्यौपानेले बताउनुभयो । सो अन्तरक्रियामा भाग लिन इच्छुक नेपाली व्यापारी तथा खरीदकर्तालाई आह्वान गरिएको र उक्त कार्यक्रमले नेपाली व्यवसायीलाई ताइवानी उत्पादक तथा आपूर्तिकर्तासँग आफ्नो व्यापार विस्तार गर्ने उपयुक्त अवसर हुनसक्ने आयोजकको विश्वास छ ।

ताइवानी प्रतिनिधिमण्डलसँगको भेटघाट कार्यक्रममा सौर्य ऊर्जा प्रणाली, बेकरी मेसिन, खाद्यपदार्थ तथा जुस, स्टिलपाता तथा कोइला, एलइडी बत्ती तथा सङ्ख्यात्मक डिस्प्ले, सिसीटिभी क्यामरा उपकरण, फेस मास्क, ह्यान्ड टुल, निर्माण टुल र अन्य उत्पादनका विषयमा छलफल गरिने जनाइएको छ । ‘ब्यूरो अफ फोरेन ट्रेड’ को प्रायोजनमा ताइवान एक्सटर्नल ट्रेड डेभलपमेण्ट काउन्सिलले भ्रमण तथा अन्तरक्रियाको प्रायोजन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई