३ नं. प्रदेशका मुख्यमन्त्रीले शिलान्यास गरेको भवन निर्माण त्रिविले रोक्यो


कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)र त्रिभूवन विश्वविद्यालय (त्रिवि) बीच जग्गाको विवाद बढेपछि वन विज्ञान सङ्काय हेटौँडा क्याम्पस मकवानपुरमा एएफयूले निर्माण गर्न लागेको भवनको काम रोकिएको छ । यही असार ९ गते एएफयूले शिलान्यास गरेर शैक्षिक भवनको निर्माण कार्य सुरु गरेको थियो । भवनको प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएको थियो ।

एएफयूका उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकालले दुई विश्वविद्यालयबीच भएको सहमतिअनुरुपको जग्गामा भवन निर्माण गरिएकोमा त्रिविले रोकेको बताउनुभयो । उहाँले दुई विश्वविद्यालयका रजिष्ट्रारसहितको टोलीले दिएको प्रतिवेदन र त्रिविको सिनेटमा समेत बाटोछेउको जमीन एएफयुलाई दिने भनी गरिएको निर्णयअनुसार सोही ठाउँमा भवन निर्माण थालिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रिपरिषद्ले रामपुरको तीन सय ३८ विघा जमीनमध्ये ४० विघा १९ कठ्ठा त्रिविलाई इञ्जिनियरीङ कलेज निर्माण गर्न दिने र हेटौँडाको एक सय ५८ विघा जमीनमध्ये ६० विगाहा एएफयूलाई दिने निर्णय भएको थियो । रामपुरमा त्रिविलाई भवन निर्माण गर्न रु १५ करोड र हेटौँडामा एएफयूलाई भवन निर्माण गर्न सोही बराबरको रकम दिने निर्णय भएको ढकालले बताउनुभयो । दुई विश्व्विद्यालयबीच रामपुरमा त्रिविलाई र हेटौँडामा एएफयूलाई बाटो छेउमा जमीन दिने सहमति भएको ढकालको भनाइ छ । तर त्रिविका उपकुलपति प्रा.डा. तिर्थ खनियाले हेटौँडामा एएफयूलाई बाटो छेउमा नभएर बाटो दिएर भित्र जमीन दिने निर्णय भएको भए पनि एएफयूले त्रिविको जमीनमा भवन बनाउन सुरु गरेका कारण काम रोकिएको बताउनुभयो ।

त्रिवि सरकारको र सिनेटको निर्णय मान्न तयार रहेको भन्दै उहाँले एएफयूले सहमतिअनुसार भवन निर्माण गर्नुपर्ने बताउनुभयो । सो स्थानमा एएफयूले रु.नौ करोड ८८ लाखमा शैक्षिक भवन निर्माणको काम सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई