विकास र समृद्धिका लागि एमाले ः उपमहासचिव पौडेल   


रुपन्देही, ९ कात्तिक ः
नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले देशको विकास र समृद्धिका लागि काम गरिरहेको बताउनुभएको छ ।

नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उपमहासचिव पौडेलले देशको विकास र समृद्धि हासिल गर्ने काममा नेकपा एमाले लागेको बताउनुभयो ।

उहाँले विगतको एमाले नेतृत्वको सरकारले राष्ट्रको स्वाभिमान उचो बनाउनुका साथै मुलुकको दिगो विकासका लागि काम गरेको दाबी गर्नुभयो ।

उपमहासचिव पौडेलले एकताका साथ सम्पन्न भएको विधान महाधिवेशनबाट नीति र विधि निर्माणमा ऐतिहासिक सफलता प्राप्त गरेको जनाउँदै अब झनै सक्रिय भएर पार्टीलाई अनुशासित बनाउनतर्फ लाग्ने बताउनुभयो ।

“अब जनताको विश्वास जितेर अनुशाासित ढङ्गले काम गर्दै अगाडि बढ्छौँ । संसदीय दल अब स्वेच्छाचारी हुने छैन । सबै नेता र कार्यकर्ता सम्मानित र स्वाभिमानी बनेर काम गर्ने वातावरण तयार गरी समावेशी पार्टी बनाउँछौ” उहाँले भन्नुभयो ।
अब नगरमा आउने नयाँ नेतृत्वले विकासमा भएका ढिलासुस्ती विरुद्ध खबरदारी गर्न आवश्यक रहेको बताउँदै उहाँले हरेक किसिमका बेथिति र विसङ्गती विरुद्ध लाग्न आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष लीला गिरी, नेता नेत्र पन्थी, भोजप्रसाद श्रेष्ठ, शिवराज सुवेदी, बाबुराम पन्थी, किसन ज्ञवाली, केशवराज पन्थी लगायतले पार्टीलाई अझै सशक्त बनाउन एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस  
    अनुशासित र एकताबद्ध भएर देश निर्माणमा लाग्न अध्यक्ष ओलीको आह्वान   

– प्रकाश सिलवाल, सौराहा, ११ मङ्सिर (रासस) : नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनलाई सहमतिमा सम्पन्न

  माओवादीलाई पुनः क्रान्तिकारी बनाएरै छाड्ने अध्यक्ष प्रचण्डको दृढता  

काठमाडौँ, ११ मङ्सिर (रासस) नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई विचार, सिद्धान्त र

  डाँडापारिको विकासको लागि पार्टी प्रतिबद्ध छु ः प्रचण्ड   

बनेपा, ११ मङ्सिर (रासस) ः नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले काभ्रेपलाञ्चोकको डाँडापारि

  एमाले महाधिवेशन ः पदाधिकारी थपेर सहमतिको प्रयास   

चितवन, ११ मङ्सिर (रासस) नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई