नक्कली बिल, स्टिकर बनाई राजश्व छल्नेहरु उपर मुद्दा दायर


राजश्व अनुसन्धान विभागले राजश्व छली गरेको आरोपमा विभिन्न व्यक्ति विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । नक्कली विजक जारी गर्ने, नक्कली स्टिकर प्रयोग गरी राजश्व छल्ने तथा विदेशी विनिमय अपचलन गर्नेविरुद्ध काठमाडौँ र बारा जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो ।

विभागले भारतीय नागरिक बन्दना सानीविरुद्ध विदेशी विनिमय अपचलन आरोपमा रु एक करोड १२ लाख २१ हजार विगोको तेब्बर तथा राजश्व चुहावटको दोब्बरसम्म जरिवाना असुल गरी तीन वर्ष कैदको माग दाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको जनाएको छ । काठमाडौँबाट मुम्बई जान लागेका बेला उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाख अमेरिकी डलरसहित पक्राउ परेपछि अनुसन्धान गर्दा राजश्व चुहावट गरेको पाइएकाले बुधबार मुद्दा दायर गरिएको विभागले आज विज्ञप्ति जारी गरी जनाएको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा हरिप्रसाद सापकोटाको हकमा अमेरिकी डलर १५ हजार, राजेन्द्र श्रेष्ठको हकमा १० हजार, राजन श्रेष्ठको हकमा ७५ हजार अमेरिकी डलरको सटही हुन आउने रकमको विगो तथा त्यसको तीन गुणासम्म थप जरिवानासहित कैद सजायको माग गरिएको छ ।

यसैबीच एच एण्ड बि ट्रेड कन्सर्नका सञ्चालक वीरेन्द्रबहादुर कुर्मी क्षेत्रीविरुद्ध भन्सार चोरी पैठारीमा समानान्तर नक्कली कर विजक जारी गरी पटक पटक ढुवानी गर्ने गरेको भन्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको महानिर्देशक मैनालीले जानकारी दिनुभयो । उनले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन बमोजिम कसुर गरेको भन्दै विभागले रु एक करोड ३२ लाख ३३ हजार बिगो असुल गरी हैदसम्मको जरिवाना तथा कैद सजायको माग गरेको छ । उता लुम्बिनी पान मसला तथा सुर्ती गुट्खा उद्योगले पानकिङ्ग ब्राण्डको सूर्तिजन्य गुट्खामा नक्कली स्टीकर प्रयोग गरी वितरक तथा थोक बिक्रेतासमेतको मिलेमतोमा राजश्व चुहावट गरेकोल रु २९ करोड १८ लाख ५८ हजार बिगो र सोको दोब्बर जरिवानासमेत गरी रु ८७ करोड ५५ लाख ७४ हजार असुल गरी तीन वर्षसम्मको कैद माग दाबी लिई सञ्चालकविरुद्ध बारा जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

उद्योगका सञ्चालक अब्दुल्लाह मुसलमानविरुद्ध अन्तःशुल्क लाग्ने वस्तुमा अन्तःशुल्क टिकट टाँस नगरी तथा नक्कली अन्तःशुल्क टिकट लगाइ अन्तःशुल्क लगायतका अन्य कर छली राजश्व चुहावट गरेको दाबीसहित बिगोको दोब्बर कायम गरी रु ३३ करोड ६ लाख जरिवाना र तीन वर्ष कैद सजाय माग गरिएको छ । सोही कार्यमा संलग्न न्यू पश्चिमाञ्चल ट्रेडर्स सञ्चालक मोहम्मद रेहानलाई बिगो र जरिवानासहित रु दुई करोड २९ लाख तथा साइन ट्रेडर्स सञ्चालक भरत अधिकारीलाई रु दुई करोड ३६ लाख बिगो र जरिवाना तथा तीन वर्ष कैद सजायको माग दाबीसहित बारा जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई