बाह्र यात्रुसहित सैनिक हेलिकोप्टर बेपत्ता


जाकार्ता, १३ असार : इन्डोनेसियाको एउटा सैनिक हेलिकोप्टर शुक्रबार सम्पर्कविहीन भएको छ । उडेको केहीबेरमै १२ यात्रु बोकेको हेलिकोप्टर एयर ट्राफिक कन्ट्रोल रुमबाट सम्पर्कविहीन भएको अधिकारीहरूले जानकारी दिएका छन् । सम्पर्कविहीन भएको हेलिकोप्टर पपुवाको ओक्सिबिलबाट सुदुरपश्चिम प्रान्त सेन्तानीतर्फ उठेको थियो । हेलिकोप्टरमा भएका सबै जना सैन्य दलका सदस्य रहेको पपुवाका सैनिक प्रवक्ता मोहम्मद एैडीले जानकारी दिनुभयो । उहाँका अनुसार हेलिकोप्टरमा बन्दोबस्तीका सामग्रीहरु पनि थिए । स्थानीय समय अनुसार शुक्रबार विहान ११.४४ मा हेलिकोप्टर उडेको थियो भने साढे एक घण्टामा सेन्तानीमा अवतरण गर्ने अपेक्षा गरिएको थियो । हेलिकोप्टर उडेको समयमा त्यस क्षेत्रमा मौसममा पनि कुनै खराबी नदेखिएको अधिकारीहरूले बताएका छन् । घटनास्थलतर्फ खोजी तथा उद्धारका लागि टोली खटाइएको र घटनास्थल कठिन पहाडी क्षेत्र भएकाले खोजी तथा उद्धारका लागि पनि गाह्रो भएको जनाइएको छ । (रासस÷एएफपी)

प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई