कोरोना प्रभावितलाई पुनः कर्जाका लागि आवेदन दिन आग्रह   


काठमाडौँ, १४ कात्तिक (रासस) :
कोरोनाका कारण प्रभावित भएका उद्योग व्यवसायलाई राहत दिने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले आवेदन गर्न आह्वान गरेको छ ।

कोरोनाका कारण प्रभावित, अतिप्रभावित क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर राहत दिने प्रयोजनका साथ केन्द्रीय बैंकले आवेदनका लागि आग्रह गरेको हो । राष्ट्र बैंकले आज इजाजत लिएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आवेदन दिन भनेको हो । नेपाल राष्ट्र बैंक पुनः कर्जा कार्यविधि, २०७७ को तेस्रो संशोधनअनुरुप एकमुष्टरुपमा लघु, घरेलु तथा साना उद्यम पुनःकर्जा, साधारण पुनःकर्जा तथा विशेष पुनःकर्जाका लागि आवेदन अनुरोध गरेको छ ।

आगामी पुस १९ गतेसम्म सो कर्जाका लागि आवेदन दिने समयसीमा रहेको छ । कोरोनाबाट अति तथा मध्यम प्रभावित क्षेत्रलाई त्यस्तो कर्जा दिनुपर्नेछ । पर्यटन क्षेत्र, होटल, मनोरञ्जन क्षेत्र, तयारी पोशाक, रोजगारी गुमेका अन्य क्षेत्र, यात्रुबाहक सवारी साधनलगायत विभिन्न १५ क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा राखिएको छ ।

यस्तै मध्यम प्रभावित क्षेत्रमा खप्ने सामान उत्पादन गर्ने उद्योग, अस्पताल, भण्डारण गर्न सकिने वस्तु तयार पार्ने उद्योग, निर्माणमा रहेका जलविद्युत् आयोजना मध्यम प्रभावित क्षेत्रमा रहेका छन् ।

आवेदन पेश गर्ने बैंक तथा वित्तीय संस्थाले प्रत्येक शाखाबाट न्यूनतम पाँच गाहक ऋणी समेटिएको हुनुपर्छ । एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत मात्र आवेदन गर्दा लघुउद्यम, घरेलु तथा साना उद्यम क्षेत्रका ऋणीलाई समेट्नुपर्नेछ ।
–––

प्रतिक्रिया दिनुहोस  
नेप्से परिसूचक आज पनि ओरालो यात्रामा   

काठमाडौँ, ९ मङ्सिर (रासस) : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो

ह्वात्तै बढ्यो टेलिकमको मुनाफा   

काठमाडौँ, १ मङ्सिर : नेपाल टेलिकमले फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार भएपछि गत आर्थिक

नेप्सेमा दोहोरो अङ्कको वृद्धि   

काठमाडौँ, २९ असोज (रासस) : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

साताको शेयर बजार : १६ अर्बको कारोबार 

  काठमाडौँ, २७ कात्तिक (रासस) : बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव, दीपावली तथा छठजस्ता

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई