प्रतिष्पर्धात्मक क्षमताबाट श्रेष्ठता हासिल गर्ने, पार्टीलाई लोकतान्त्रिकरण गर्ने, कार्यकर्ताको भावनाअनुसार नेतृत्व चयन गर्ने र चल्ने परिपाटीको शुरुआत भण्डारीले गर्नुभएको हो


राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जननेता स्व मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) मार्फत पार्टी जीवन, आन्दोलन र राज्य सत्ताको लोकतान्त्रिकरणलाई प्रमुखताका साथ अगाडि सार्नुभएको बताउनुभएको छ । भण्डारीको ६७औँ जन्मजयन्तीको अवसरमा ‘मदन भण्डारी फाउण्डेशन नेपाल कास्की’ले शुक्रबार आयोजना गरेको ‘मदन भण्डारी साँझ’को उद्घाटन गर्दै उहाँले प्रतिष्पर्धात्मक क्षमताबाट श्रेष्ठता हासिल गर्ने, पार्टीलाई लोकतान्त्रिकरण गर्ने, कार्यकर्ताको भावनाअनुसार नेतृत्व चयन गर्ने र चल्ने परिपाटीको शुरुआत भण्डारीले गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जनताको बहुदलीय जनवाद भनेका छौँ, मदन भण्डारीलाई सम्झिरहेका छौँ, कम्युनिष्ट आन्दोलन अगाडि बढाउन उहाँले जुन विचार अगाडि सार्नुभयो त्यसमा पार्टी जीवन, आन्दोलन र समग्र राज्यसत्ताको लोकतान्त्रिकरणका प्रमुख तीन पक्ष छन् ।” अध्यक्ष तिमिल्सिनाले कम्युनिष्ट पार्टीले शान्तिपूर्ण आन्दोलनमार्फत जनताको साथबाट राजतन्त्र फालेर गणतन्त्र ल्याउन सकिन्छ र राज्य सत्ताको लोकतान्त्रिकरणका लागि आवधिक निर्वाचन र प्रतिष्पर्धामार्फत शासनसत्ता सञ्चालन गर्ने कुरालाई स्थापित गरेको उल्लेख गर्नुभयो । फाउण्डेशनका अध्यक्ष माधव बास्तोलाले स्व भण्डारीले प्रतिपादित गरेको जबजको सिद्धान्तबाट नै करीब दुई तिहाइको मतसहित नेकपाले सरकारको नेतृत्व गरेकाले सो विचारलाई वडातहसम्म जनताको बीचमा लगिने र फाउण्डेशन गठन गरिने बताउनुभयो । कार्यक्रममा कलाकार बद्री पङ्गेनी, प्रजापति पराजुली, तारापति सुवेदी, शङ्कर विरही गुरुङ, सरला पाण्डे, हास्य कलाकार राजाराजेन्द्रलगायतको प्रस्तुति रहेको थियो । सो अवसरमा सामाजिक क्षेत्रमा योगदान पु¥याउनुभएका पोखरा विद्याश्रमका अध्यक्ष वसन्तकेशव पराजुली, राष्ट्रिय भलिबल खेलाडी मञ्जु गुरुङ, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, पर्यटन व्यवसायी हरि पौडेल र शिक्षासेवी गेहेन्द्रेश्वर कोइरालालाई अध्यक्ष तिमिल्सिनाले सम्मान गर्नुभएको थियो । कार्यक्रममा ‘मैले चिनेको मदन भण्डारी’ विषयक अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिताका विजेतालाई नगदसहित पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई