पैतिस किलो गाँजासहित दुई व्याक्ती पक्राउ


प्रतिबन्धित लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । बहुदरमाई नगरपालिका–५ बर्वा टोलमा ३५ किलोग्राम गाँजासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

नियमित जाँचका क्रममा नगरपालिकाको भौराटार निवासी वर्ष ५५ का मदन साह र भारत बिहारको समस्तीपुर निवासी वर्ष ३५ का आनन्दी महतोको साथबाट उक्त परिमाणमा गाँजा बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अन्नतराम शर्माले जानकारी दिनुभयो ।

उहाँले नेपालबाट खरीद गरिएको गाँजा भारत तर्फ लैजाने क्रममा दुई जनालाई पक्राउ गरिएको बताउनुभयो । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि लागुऔषध मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई