ताइवान स्वतन्त्रता पृथकतावादीलाई कानूनअनुसार सजाय हुनेछः प्रवक्ता   


बेइजिङ, २० कात्तिक (राससःसिन्ह्वा) ः
चिनियाँ सरकारका प्रवक्ताले शुक्रबार ताइवान स्वतन्त्रताका पक्षपातीलाई कडाचेतावनी दिनुभएको छ । प्रवक्ताले पृथकतावादी तत्व चीनको मुख्य भूमिको सूचीमा छन् र उनीहरूलाई कानुनबमोजिम सजाय दिइने बताउँनुभएको छ ।

स्टेट काउन्सिलको ताइवान मामिला कार्यालयका प्रवक्ता झु फेँग्लियनले पृथकतावादी विरुद्ध दण्डात्मक उपायको बारेमा मिडिया प्रश्नको जवाफमा उक्त टिप्पणी गर्नुभएको हो ।

सूचीमा रहेका व्यक्ति, आफ्ना आफन्तसँगै, मुख्य भूमि र हङकङ र मकाउका दुई विशेष प्रशासनिक क्षेत्रमा प्रवेश गर्न पाउने छैननन् तिनीहरू आबद्ध संस्थालाई मुख्य भूमिमा रहेका संस्था र व्यक्तिसँग कुनै पनि सहकार्यसमेत प्रतिबन्ध लगाइनेझुले बताउँनुभएको छ ।

उहाँका अनुसार त्यसता पृथकतावादीका प्रायोजक र सम्बन्धित उद्यमलाई अन्य आवश्यक सजायसहित मुख्य भूमिमा नाफा कमाउने गतिविधिमा सङ्लग्न हुनपनि प्रतिबन्ध लगाइनेछ ।

आफ्नो मातृभूमिलाई धोका दिने र देश टुक्राउन खोज्नेको नियत खराब हुन्छर जनताले इन्कार गर्न बाध्य हुन्छन् र इतिहाससमेतले तिनीलाई न्याय गर्नेछन्, झुले सु त्सेङःचाङ, यु सिया(लगायत पृथकतावादीलाई उल्लेख गर्दै टिप्पणी गर्नुभएको छ ।

उहाँले चीनको सूचीमा परेका त्यस्ता वयक्तिलाई आजीवन जवाफदेही बनाइने र छानबिन गरिने समेत उल्लेख गर्नुभएको छ ।
–––

प्रतिक्रिया दिनुहोस  
लिबियाको तटमा ७५ भन्दा बढी अवैध आप्रवासीको डुबेर मृत्यु   

त्रिपोली, मङ्सिर ५ (रासस-सिन्ह्वा) – आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले शनिबार पश्चिमी लिबियाको तटमा

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २०२० को मार्चपछिकै सबैभन्दा कम

२९ कात्तिक (रासस÷सिन्हवा) ः भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका सक्रिय सङ्क्रमितको सङ्ख्या धेरै कम देखिएको छ

भियतनाममा चीनद्वारा निर्मित सहरी रेलवे सञ्चालनमा  

 हनोई, कार्तिक २२ भियतनामी राजधानी हनोईका अधिकारीहरूले शनिबार चीनद्वारा निर्मित क्याट लिन्ह-हा डोङ मेट्रो लाइन

इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा ९० भन्दाबढीको मृत्यु     

फ्रिटाउन फ्रिटाउन, २० कात्तिक (रासस÷एएफपी) ः इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा सियरा लिओनमा ९० भन्दा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई