भियतनाममा चीनद्वारा निर्मित सहरी रेलवे सञ्चालनमा  



 हनोई, कार्तिक २
भियतनामी राजधानी हनोईका अधिकारीहरूले शनिबार चीनद्वारा निर्मित क्याट लिन्ह-हा डोङ मेट्रो लाइन परियोजनाको उद्घाटन गर्दै यो व्यावसायिक सञ्चालन सुरु गर्ने देशको पहिलो मेट्रो लाइन बनेको बताएका छन् ।
उक्त परियोजना हनोईलाई यसको लगानीकर्ता भियतनामी यातायात मन्त्रालयले सोही दिन हस्तान्तरण गरेको छ।
मेट्रो लाइनका सबै यात्रुहरूले पहिलो १५ दिनसम्म नि:शुल्करूपमा आवतजावत गर्न सक्नेछन् ।
शनिबार बिहान नि:शुल्क दुईतर्फी यात्रा गरेपछि हनोईको थान जुआन जिल्लाकी ३० वर्षीय यात्री होआङ थि हुओङले मेट्रो लाइन आफूले विदेशमा देखेको जत्तिकै आधुनिक भएको प्रतिक्रिया दिएकी छिन् ।
” अब मलाई काममा जाँदा हरेक बिहान भीडको चिन्ता लिनु पर्दैन,” हुओङले सिन्ह्वालाई भनिन् शहरमा यातायात सहज बनाउन थप सहरी रेलवे परियोजनाहरू निर्माण गरिने हुँदै जनेछन् ।१२ स्टेसन भएको एलिभेटेड लाइन १३ किमी भन्दा बढी छ। प्रत्येक रेल प्रतिघण्टा ८० किमी को गतिमा १,000 यात्रु बोकेर हिड्नेछ । एलिभेटेड रेलवे परियोजनाले आधिकारिक रूपमा अक्टोबर २०११ मा निर्माण शुरु गरेको थियो भने यसको परीक्षण डिसेम्बर २०२० मा गरिएको थियो ।
प्रति यात्रुह टिकटको मूल्य ३0,000 भियतनामी मुद्रा हुनेछ ।
—-

——

प्रतिक्रिया दिनुहोस  
    अनुशासित र एकताबद्ध भएर देश निर्माणमा लाग्न अध्यक्ष ओलीको आह्वान   

– प्रकाश सिलवाल, सौराहा, ११ मङ्सिर (रासस) : नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनलाई सहमतिमा सम्पन्न

  माओवादीलाई पुनः क्रान्तिकारी बनाएरै छाड्ने अध्यक्ष प्रचण्डको दृढता  

काठमाडौँ, ११ मङ्सिर (रासस) नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई विचार, सिद्धान्त र

  डाँडापारिको विकासको लागि पार्टी प्रतिबद्ध छु ः प्रचण्ड   

बनेपा, ११ मङ्सिर (रासस) ः नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले काभ्रेपलाञ्चोकको डाँडापारि

  एमाले महाधिवेशन ः पदाधिकारी थपेर सहमतिको प्रयास   

चितवन, ११ मङ्सिर (रासस) नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई