हल्लाको पछि नलाग्नुस, सरकारको नेतृत्व परिवर्तन हुँदैन: उपप्रधानमन्त्री पोखरेल


उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको काम अहिलेसम्म राम्रो भएको र हल्लाको भरमा सरकारको नेतृत्व परिवर्तन नहुने बताउनुभएको छ । सिन्धुलीमाढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज आयोजना गरेको जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा नेपाल कम्युनिष्ट आन्दोलनको सफलता विषयको विचारगोष्ठी समारोहमा विरोधीका आरोपभन्दा पनि वास्ताविकता बुझ्न आग्रह गर्नुभयो ।

सरकार सञ्चालन आलोपालो भन्ने चर्चा धेरै भएको भन्दै उहाँले सरकार सञ्चालनमा आलोपालो भन्ने विषय नेकपाको सचिवालयले औपचारिक ढङ्गले नजान्ने उल्लेख गर्नुभयो । दुई नेताबीच भद्र सहमति भए पनि उहाँले अभ्रद तरिकाले चर्चा गरेकामा असन्तुष्टि व्यक्त गर्नुभयो । पार्टीमा छलफल भएमा टुङ्ग्याउने तर अनावश्यक हल्लाको पछि लागेर मन खिन्न नबनाउन कार्यकर्तालाई समेत आग्रह गर्नुभयो । सरकार यसैगरी चलिरहनेमा ढुक्क हुनसमेत उहाँको आग्रह थियो ।

सरकारले सङ्कल्प गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना पूरा गर्ने भन्दै उहाँले भन्नुभयो, “यतिबेलाको अवस्था कस्तो छ भने खोलामा धमिलो बाढी आएको छ, तर नतरी भएको छैन, कसरी तर्ने त खोला ? खुट्टाका औलाले छाम्दैछाम्दै विस्तारै तरेजस्तै गरी तर्नु पर्नेछ, अहिलेको अवस्थामा थुप्रै चुनौती र अप्ठ्यारा रहेकाले सबैले जिम्मेवारीपूर्वक सोच्नुपर्नेछ ।” उहाँले सरकारका नीति तथा कार्यक्रम र एकतापछिको साझा निर्वाचन घोषणापत्रसँगै राखेर तुलना गर्न आग्रह गर्नुभयो । अहिलेको सरकार तत्कालीन घोषणापत्रभन्दा पछि नरहेको र सरकार सञ्चालनको पाँच वर्षको अवधिमा विस्तारै सबै प्रतिबद्धता पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सङ्घीय सांसद गणेशकुमार पहाडीले जननेता मदनभण्डारीको योजनाबद्ध तरिकाले हत्या गरिएकाले राज्यले हत्याराको पत्ता लगाउन माग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई