‘मम भाषा संस्कृतम्’ सार्वजनिक   


काठमाडौँ, २३ कात्तिक (रासस) ः
स्वामी केशवानन्द गिरी (केएन स्वामी) को शब्द र गायक शिव परियारको स्वरमा ‘मम भाषा संस्कृतम्’ शीर्षकको गीत युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।

ऋषिमुनिले सेवा गरेको एवं वेद, उपनिषद्को भाषा संस्कृत पछिल्लो समय नेपालमा ओझेलमा परेकाले गीतमार्फत् जनजागरणका लागि संस्कृत भाषामै गीत बनाएर सार्वजनिक गरिएको गीतकार केएन स्वामीले बताउनुभयो । जनभाषा, देवभाषा, मातृभाषा, हृदयभाषा, आत्मभाषाका बारेमा चेतना जगाउने उद्देश्यले गीत सार्वजनिक गरिएको जनाइएको छ । सरल संस्कृत शब्दमा रचना गरिएको गीत कर्णप्रिय छ ।

हिमालको काखमा ऋषिमुनिले सेवा गरेको, पाणिनीले संस्कृत व्याकरणअर्थात् अष्टाध्यायी रचना गरेको भूमि पनि नेपाल नै भएकाले यसको संरक्षण र संवद्र्धन गर्ने सन्देश गीतले दिएको छ । दृश्यसहितको गीत संस्कृत भाषाको महत्व थाहा पाउन चाहनेका लागि उपयोगी रहेको जनाइएको छ ।
–––

प्रतिक्रिया दिनुहोस  
म ‘तिमी’ लाई सम्पूर्णतामा देख्न चाहान्छु

काठमाण्डौ ,फागुन २४। वात्सल्यताको छाता ओडेर निश्चलता सहित छुनुमुनु गर्ने सुन्दर छोरीको रूपमा….! आदर ,

किताब जात्राको अन्तर्राष्ट्रिय संस्करण नयाँ दिल्लीबाट सुरु, विश्वका कुनै पनि देशबाट किताब यात्राको अनलाइनमार्फत किताब मगाउन सकिने

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीबाट पठन संस्कृति प्रबर्द्धनको नेपाली अभियान ‘किताब जात्रा’ले विश्व

‘खै कसरी’ बोलको गीत सार्वजनिक     

 काठमाडौँ, १६ मङ्सिर (रासस) : गायक प्रमोद खरेलको स्वरमा सजिएको ‘खै कसरी’ बोलको गीत सार्वजनिक

दशैं…. सम्झना

महिनौ अगाडि टेलरलाई कपड़ा सिलाउन दिएको घर घर गई रमाउँदै ठुलाको आशिष लिएको कहिले दशैं

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई