क्लिन फिडका विषयमा मरे पनि पछि हट्दिनँ, यो योजना सफल बनाएरै छाड्छु : मन्त्री बाँस्कोटा


सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षभित्र पाँच लाख नेपालीका लागि रोजगारी सिर्जना भइसक्ने बताउनुभएको छ ।

मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित २ र ३ नं वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा कार्यक्रमलाई आज कुशादेवीमा सम्बोधन गर्दै भन्नुभयो, “तपाईहरु ढुक्क हुनुहोस्, आउँदो पाँच वर्षभित्र पाँच लाख रोजगारी सिर्जना हुन्छ ।”

मन्त्री बाँस्कोटाले एक वर्षमा सरकारले २० हजार जनशक्तिलाई रोजगारी दिलाएको उल्लेख गर्दै आगामी पाँच वर्षभित्र पाँच हजार मेगावाट बिजुली उत्पादन गरी छिमेकीलाई प्रशस्त मात्रामा बिक्री गर्न सकिने दाबी गर्नुभयो । “पाँच वर्षभित्र सबै नेपाली जनताले विकास पनि देख्नेछन्, अहिले सुखी नेपाली र समृद्ध नेपालको बाटो तय गरिएको छ”, उहाँले भन्नुभयो । उहाँले आगामी सन् २०३० भित्र प्रतिव्यक्ति नेपालीको वार्षिक आम्दानी १२ हजार ५०० डलर पुग्ने पनि दाबी गर्नुभयो । मन्त्री बाँस्कोटाले पृथ्वी र मानिसको रक्षा आजको आवश्यकता भएको बताउँदै भन्नुभयो, “हामीले नयाँ पुस्तालाई धनी मात्र होइन, इमान्दार नेपाली बन्न सिकाउनुपर्छ, श्रम गरेर आम्दानी भएको आर्थिक लाभले मात्रै सुख आर्जन गर्ने हो ।” सडकको विषयमा चिन्ता नगर्न आग्रह गर्दै माकुराको जालोसरह सडक निर्माण हुने र अर्को वर्षदेखि स्तरोन्नति गर्दै लगिने उहाँले बताउनुभयो । मन्त्री बाँस्कोटाले विकासका सूचकहरु सडक मात्रै नभएकाले कृषि, शिक्षा, स्वास्थ्य, उद्यमशीलता र रोजगारीमा विशेष जोड दिइरहेको उल्लेख गर्नुभयो ।

मन्त्री बाँस्कोटाले ‘क्लिन फिड’मा आफू कुनै पनि हालतमा पछि नहट्ने दृढता व्यक्त गर्नुभयो । “क्लिन फिडका विषयमा मरे पनि पछि हट्दिनँ, यो योजना सफल बनाएरै छाड्छु ।” उहाँले यथास्थितिवादीले सरकारको विरोध गरिरहे पनि आफूहरु अविचलित काममा दत्तचित्त रहेको दोहो¥याउनुभयो । मन्त्री बाँस्कोटाले फरक प्रसङ्गमा सरकारी कर्मचारी तथा शिक्षकले आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्नैपर्ने बाध्यकारी निमय बनाइने बताउँदै निजी विद्यालयमा पैसा तिरेर शिक्षा महङ्गो भयो भन्नु गलत हो भन्नुभयो । “झोलाभरि पैसा बोकर निजी विद्यालय जाने, अनि शिक्षा महङ्गो भो भन्ने, सामुदायिक विद्यालयमा निःशुल्क पढाउनुस्, कस्ले पैसा माग्छ र” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई