शिवानीलाई कुस्तीमा स्वर्ण   


महेन्द्रनगर, २९ कात्तिक (रासस) :
कञ्चनपुरकी शिवानी दुवेले रौतहटमा सम्पन्न इण्डो–नेपाल कुस्ती प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको छ । रौतहटको सित्तलपुरमा दुवेले भारतीय खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गर्नुभएको हो ।

शिवानीले भारतको दिल्ली र हरियाणाका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेको उहाँका बुबा एवम कुस्तीका राष्ट्रिय खेलाडी राजु दुवेले जानकारी दिनुभयो । शिवानी ५२ किलो तौल समूहकी राष्ट्रिय खेलाडी हुन् । राष्ट्रिय प्रतियोगितामा पटक÷पटक स्वर्ण जित्नुभएकी शिवानीले नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा समेत पदक जित्नुभएको थियो ।

यु–१९ क्रिकेट खेलाडी छनोट गरिँदै

कञ्चनपुरको महेन्द्रनगरमा जारी सुदूरपश्चिम प्रदेशस्तरीय यु–१९ वाइवाइ क्रिकेट प्रतियोगिताबाट खेलाडी छनोट गरिने भएको छ । प्रतियोगितामा सुदूरपश्चिमको बाजुराबाहेक आठ जिल्लाको सहभागिता छ ।

कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दका अनुसार राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन यही प्रतियोगिताबाट खेलाडी छनोट गरिने छ । आगामी मङ्सिर ४ गतेदेखि राष्ट्रिय प्रतियोगिता हँुदैछ । प्रदेश स्तरीय प्रतियोगिता मङ्सिर १ गते सकिँदैछ ।
–––

प्रतिक्रिया दिनुहोस  
  खेलक्षेत्रलाई क्रियाशील र चलायमान गराउनुुपर्छ–मन्त्री गहतराज   

काठमाडौँ, १० मङ्सिर (रासस) ः युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेलक्षेत्र निरन्तर क्रियाशील र चलायमान

   महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित   

काठमाडौँ १० मङ्सिर (रासस) : संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप

विश्वकप एसिया छनोट ः नेपालद्वारा कुवेत पराजित  

काठमाडौँ, ९ मङ्सिर (रासस) ः आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट खेलअन्तर्गत आज भएको

नेपालको कतारमाथि सानदार जीत   

काठमाडाँै, २ मङ्सिर (रासस) : नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तीन खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई