सेफ्टिक ट्याङ्की निर्माण गर्ने क्रममा चार मजदुरको मृत्यु


मोरङको सुनवर्सी नगरपालिका–९ डायनियास्थित मुस्लिम बस्तीमा रहेको मस्जिदको सेफ्टीट्याङ्की निर्माण गर्ने क्रममा हिजाे बेलुका चार मजदुरको मृत्यु भएको छ । निर्माणाधीन सेफ्टीट्याङ्की निर्माण गर्ने क्रममा उनीहरु बेहोस भएकामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा सुनवर्सी नगरपालिका–९ बस्ने २० वर्षीय मोहमद फिरोज आलम, सोही ठाउँका २५ वर्षीय सहनवाद आलम, ४५ वर्षीय कपिल आलम र २२ वर्षीय मोहमद ओसिब आलम रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । अक्सिजनको कमीको कारण बेहोस भएको अवस्थामा फेला परेका उनीहरुलाई तत्काल त्यहाँबाट निकालेर उपचारका लागि विराटनगर लगिएको थियो । सोही स्थान बस्ने ४० वर्षीय दाउत मियाँको रङ्गेली अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई