अबको परराष्ट्रनीति सबै राजनीतिक दलको साझा नीति हुनुपर्छ- अध्यक्ष दाहाल


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको परराष्ट्रनीति सबै राजनीतिक दलको साझा नीति हुनुपर्नेमा जोड दिनुभएको छ ।

परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गरेको ‘परराष्ट्रनीति सम्बन्धमा राष्ट्रिय संवाद’ विषयको छलफल कार्यक्रममा उहाँले भारत र चीनलगायत विश्वका सबै देशसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न अन्तर्राष्ट्रिय सहायता आवश्यक पर्ने बताउँदै सबैभन्दा पहिले नेपालको राष्ट्रिय हित र स्वार्थलाई सर्वोपरि मानेर परराष्ट्रनीति एवं कूटनीति सञ्चालन गर्नुपर्ने अध्यक्ष प्रचण्डले बताउनुभयो ।

छिमेकी देश चीन र भारतसँग सुमधुर सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिँदै उहाँले एकका विरुद्ध अर्कालाई कदापि प्रयोग गर्न हुँदैन भन्नुभयो । मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्दै सार्वभौमिक समानताका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्नुपर्ने बताउनुभयो । “अबको परराष्ट्रनीति सबै राजनीतिक दलको साझा नीति हुनुपर्ने र त्यसमा सबै राजनीतिक शक्तिको मतैक्यता हुनुपर्छ, विगतमा जस्तो एकातिर फर्कने र अर्कातिर ढल्कने हुनुहुन्न”, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डताजस्ता विषय परराष्ट्रनीतिका अपरिवर्तनीय पक्षलाई बिर्सन नहुने अभिमत प्रकट गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

पूर्वउपप्रधानमन्त्री कमल थापाले चीन र भारतसँगको समदुरीको सम्बन्ध परिवर्तित सन्दर्भमा अब पुरानो भएकाले त्यसमा आमूल परिवर्तन जरुरी भएको बताउनुभयो । उहाँले राष्ट्रिय हित र स्वार्थ प्रवद्र्धनमा नै देशको परराष्ट्रनीति परिलक्षित हुनुपर्ने विचार व्यक्त गर्दै चीन र भारतसँग व्यापार र पारवहन नीतिमा पनि संशोधन आवश्यक भएको बताउनुभयो ।

पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले सरकारका सकारात्मक कामकारवाहीको विपक्षी दलले सधैँ सराहना गर्ने बताउँदै गलत कार्यको विरोध गर्ने विपक्षीको धर्म निर्वाह गरिरहने स्पष्ट गर्नुभयो । उहाँले कूटनीतिको प्रभावकारी सञ्चालनबाटै नेपालको राष्ट्रियहित र स्वार्थ प्रवद्र्धनमा मद्दत पुग्ने विचार व्यक्त गर्दै अन्तर्राष्ट्रिय मञ्चहरुमा आफ्ना हक अधिकार सुनिश्चित गर्र्नेतर्फ परराष्ट्रनीति केन्द्रित हुनुपर्ने बताउनुभयो । संवाद कार्यक्रमका सभापति एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले निकट भविष्यमा नै सरकारले नेपालको छवि बाह्य जगत्मा परिचित गराउन अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवाद कार्यक्रम आयोजना गर्ने र त्यसलाई शृङ्खलाबद्धरुपमा अगाडि बढाइने जानकारी दिँदै नेपालको शान्ति प्रक्रियाको सफलता, नेपालको राजनीतिकपङ्क्तिमा ४१ प्रतिशत महिलाको सहभागिताजस्ता विषय उक्त संवाद कार्यक्रममा समावेश गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई