कोपा अमेरिका: भेनेजुयलालाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा


साओ पाउलो: अर्जेन्टिनाले भेनेजुयलालाई २–० गोल अन्तरले हराउँदै कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुग्न सफल भएको छ ।

शुक्रबार राति भएको क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले शुरूदेखि नै भेनेजुयलालाई दवाबमा राख्न सफल भएको थियो । चौधौँ पटक कोपा अमेरिकाको उपाधी चुम्न सफल अर्जेन्टिनाले खेलको पहिलो १० औँ मिनेटमा नै सर्गियो अग्वेरोको पासमा लौतारो मार्टिनेजले पहिलो गोलसहित खेललाई नेतृत्व प्रदान गरेका थिए । त्यसैगरी खेलको दोस्रो हाफको ७४ औँ मिनेटमा भेनेजुयली गोलरक्षक विल्कर फारिनेजको कमजोरीको फाइदा लिँदै गिआृभानी लो सेल्सोले दोस्रो गोल गरेका थिए । सुरूवाती खेलमा कोलम्बियासँग २–० गोल अन्तरले पराजित अजेन्टिना पाराग्वेसँग १–१ गोलको बराबरी खेलेर विश्व च्याम्पियन फुटबल खेलाडी लियोनल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनी टोलीले आफ्ना दर्शकलाई निराश पारे पनि तेस्रो खेलमा कतारलाई हराएँदै क्वाटर फाइनल खेलका लागि पुगेको थियो ।

विगत तीन पटकसम्म भएका खेलमा अर्जेन्टिनाले भेनेजुयलाबाट लगातार पराजयको सामना गर्नुपरेको थियो भने रूसमा भएको विश्व कपका लागि भएको छनोट चरणको खेलमा दुई खेलमा बराबरी भएको थियो । अर्जेन्टिनाले यस बर्ष भेनेजुयलासँग भएको फ्रेन्डली खेलमा पनि हारको सामना गरेको थियो । अर्जेन्टिनाले २६ बर्षसम्मको पर्खाइपछि प्रमुख अन्तर्राट्रिय पदक उचाल्ने अवसरलाई शुक्रबार भेनेजुयलासँग भएको सनसनीपूर्ण खेलले जीवित तुल्याएको छ । आगामी बिहीबार हुने खेलमा अर्जेन्टिना र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । ब्राजिलले क्वाटरफाइनल खेलमा पाराग्वेसँग पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले विजय बनी सेमिफाइनलका लागि मार्ग प्रशस्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस  
यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो विश्व विजेता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ फाइनलमा अर्जेन्टिना बिजय भएको छ । लुसैल स्टेडियममा

अर्जेन्टिना र फ्रान्सको रोमाञ्चक बराबरी

कतार विश्वकपको फाइनलमा एम्वाप्पेले खेलको ११८ औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गरेका

ब्राजिलले विश्वकप २०२२ जित्ने भविष्यवाणी

काठमाडौं, २ मंसिर । विश्वकप फुटबल प्रतियोगिता आगामी आइतबारबारदेखि कतारमा सुरू हुँदैछ । तर, विश्वकप

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई