प्रतिपक्षसँग मिलेर मुलुक बनाउने अभिलाषा छ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले प्रतिपक्षसँग मिलेर मुलुक बनाउने सरकारको अभिलाषा रहेको बताउनु भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ को उद्घाटन गर्दै उहाँले प्रतिपक्षलाई सरकार नराम्रो लागे पनि देश सरकार र प्रतिपक्षीको साझा भएकाले सरकार र प्रतिपक्ष मिल्नुको विकल्प नरहेको बताउनु भएको छ।

प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै भन्नु भयो “देश सबैको साझा हो, प्रतिपक्षसँग मिलेर काम गर्नुपर्छ । प्रतिपक्षलाई सरकार नराम्रो लागेको होला, तर देश विकासमा सरकार र प्रतिपक्षी नभनी सँगै जाऊँ ”
सरकारले नेपाली जनतालाई गरीबी, अभावको अवस्थाबाट मुक्त गर्न चाहेको उहाँले बताउनुभयो । “अब हामीले भावी सन्ततिलाई यही गरीबीको सामना गर्ने परिस्थति हस्तान्तरण गर्ने होइन”, प्रधानमन्त्रीले भन्नुभयो, “म मेरो कार्यकालभित्र अधिकतम सकारात्मक परिणाम ल्याउँछु, मैले सरकार छाड्दा सकारात्मक परिणाम छोड्छु । परिवर्तन ल्याएर छाड्ने सङ्कल्प गर्छु ।” सम्मेलनमा श्रम, रोजागरीका क्षेत्रका समस्याको पहिचान र समाधानसमेतको सुझाव प्रस्तुत गर्ने तहमा छलफल हुने प्रधानमन्त्रीको विश्वास थियो ।