कांग्रेस बागलुङका दुई क्षेत्रमा नयाँ नेतृत्व, जिल्ला अधिवेशन शुक्रबार हुने


नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागलुङका दुईवटै निर्वाचन क्षेत्रमा मङ्गलबारबाट सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । दुवै क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रियाबाट नेतृत्व टुङ्गो लगाइएको हो । कांग्रेस बागलुङ क्षेत्र नं २ को सभापतिमा जोगलाल बुढा निर्वाचित हुनुभएको छ । बुढाले अर्का प्रत्यासी नरजङ्ग घर्तीमगरलाई ९० मतान्तरले पराजित गर्नुभयो । बुढाले ४१९ मत प्राप्त गर्दा घर्तीले ३२९ मतमात्रै प्राप्त गर्नुभयो । बुढा संस्थापन पक्षबाट र घर्ती संस्थापनइतरका नेता मानिनुहुन्छ । सचिवमा नारायणध्वज मल्ल र दीपक कुँवर निर्वाचित हुनुभयो । मल्लले ३८९ र घर्ती ३८० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत ज्ञानेन्द्र पन्तले बताउनुभयोे । सहसचिवमा दीपक कुँवर र निरन चन्द विजयी हुनुभयो । कुँवरले ४२२ र चन्दले ३२४ प्राप्त गर्नुभयोे । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं २ बाट खुला सदस्यतर्फ जीत शेरचन, नरबहादुर पुन निरज, अर्जुन शेरचन, मञ्जेशबम मल्ल, दोर्ण कुँवर, भरत शर्मा गैरे, सागर पोखरेल, टेकराज पौडेल, सिंहबहादुर राना र तुलसिंह घर्तीमगर निर्वाचित हुनुभएको छ । प्रत्यक्ष महिलातर्फ गण्डकी थापा अधिकारी, गौता श्रीष, मञ्जु चालिसे र रेणुका काउचा निर्वाचित हुनुभएको छ । खसआर्यबाट महिला सदस्यमा सरस्वती शर्मा रिजाल, खसआर्य खुला सदस्यमा ऋषिराम कँडेल र तिलबहादुर अधिकारी निर्वाचित हुनुभयो । आदिवासी जनजाति महिला सदस्यमा राधिका पुन र लीलमाया पुन, आदिवासी खुलामा दीपेन्द्र श्रेष्ठ र देवेन्द्र घर्तीमगर निर्वाचित हुनुभयो । दलित महिला सदस्यमा लिमाया पौवी र दलित खुला सदस्यमा भूमिराज सुन्चौरी र सोमबहादुर पौवी दामु विजयी हुनुभयो । क्षेत्र नं २ मा संस्थापन पक्षका उम्मेदवार वियजी भएका छन् । क्षेत्रीय समितिदेखि महाधिवेशन प्रतिनिधिसम्म संस्थापन पक्षको बहुमत रहेको नेताले बताए । यहाँका उम्मेदवार स्पष्ट दुई पक्षमा विभाजित भएका थिए । कांग्रेस बागलुङ क्षेत्र नं १ मा चण्डीप्रसाद शर्मा विजयी हुनुभएको छ । प्रतिस्पर्धी खडकबहादुर थापालाई चार मतान्तरले पराजित गर्दै शर्मा विजयी हुनुभएको हो । शर्माले ५५४ मत प्राप्त गर्नुभएको छ भने थापाले ५५० मतमात्रै प्राप्त गर्नुभयो । सचिवमा शर्माको प्यानलबाटै जयराम भारी र गोविन्द पौडेल (गोपाल) र सहसचिवमा गणेश लम्साल र विष्णु पौडेल विजयी हुनुभएको छ । कांग्रेस महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं १ बाट खुला सदस्यतर्फ जगदीशचन्द्र उपाध्याय, हरिहर शर्मा, डिल्लीराम सुवेदी, मणिभद्र शर्मा, कँडेल, प्रकाश शर्मा पौडेल, नवराज पौडेल, ओमकार थापा, चिरञ्जीवी गौतम, प्रकाश आचार्य र हरिप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ । खसआर्यबाट महिला सदस्यमा कमला पराजुली र भगवती शर्मा सापकोटा, खसआर्य खुला सदस्यमा उमाकान्त पौडेल, नरायण शर्मा पौडेल र विष्णु शर्माले चुनाव जित्नुभयो । आदिवासी जनजाति महिला सदस्यमा बेमकुमारी थापा, खुलामा वसन्तकुमार श्रेष्ठ र भीम श्रीषले चुनाव जित्नुभयो । दलित महिला सदस्यमा दुर्गादेवी विश्वकर्मा र दलित खुला सदस्यमा सीताराम रसाइली विजयी हुनुभयो । मुस्लिम, अपाङ्ग, अल्पसङ्ख्यकमा प्रेमबहादुर छन्त्याल निर्वाचित हुनुभएको छ । यसैगरी कांग्रेसको जिल्ला अधिवेशन यही मङ्सिर १० गते हुने भएको छ । जिल्ला अध्यक्षका लागि जगदीशचन्द्र उपाध्याय, द्रोण कुँवर, जित शेरचन र नवराज पौडेल आकाङ्क्षी देखिएका छन् । –––

प्रतिक्रिया दिनुहोस  
    अनुशासित र एकताबद्ध भएर देश निर्माणमा लाग्न अध्यक्ष ओलीको आह्वान   

– प्रकाश सिलवाल, सौराहा, ११ मङ्सिर (रासस) : नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनलाई सहमतिमा सम्पन्न

  एमाले महाधिवेशनको बन्दसत्रमा विदेशी पार्टीहरुको शुभकामना 

सौराहा, ११ मङ्सिर (रासस) : नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनको सौराहामा आज शुरु भएको

  माओवादीलाई पुनः क्रान्तिकारी बनाएरै छाड्ने अध्यक्ष प्रचण्डको दृढता  

काठमाडौँ, ११ मङ्सिर (रासस) नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई विचार, सिद्धान्त र

     भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

रुपन्देही, ११ मङ्सिर (रासस)  सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको आज मृत्यु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई